ताजपुरिया परिषद् गठन

लखनपुर, ७ जेठ/मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् अन्तर्गत संघीय ताजपुरिया स्वायत्त परिषद् शनिबार गठन भएको छ ।
तीर्थ ताजपुरियाको अध्यक्षतामा गठित २१ सदस्यीय समितिका उपाध्यक्षद्वय सुजन ताजपुरिया र कपिल शाह छन् भने सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः सुरेश शर्मा, रञ्जित ताजपुरिया र राधा ताजपुरिया छन् भने अन्य सदस्य रहेका छन् ।
त्यस्तै स्वायत्त परिषद्का सल्लाहकारहरुमा गौनारायण ताजपुरिया, कोहन ताजपुरिया, समनीय ताजपुरिया, डम्बर धिमाल र मोहन सुब्बा छन् ।
परिषद्का सचिवालय सदस्य तथा धिमाल स्वायत्त परिषद्का अध्यक्ष बाङ्गाई धिमालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङको विशेष आतिथ्यता रहेको थियो ।
सो भेलामा सचिवालय सदस्य थाम्सुहाङले ताजपुरिया जातिले आफ्नो जातीय अस्तित्वका लागि आन्दोलित हुनुपर्नेमा सहजीकरण गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment