'संविधान बन्ने छाँटकाट छैन'

दमक/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले माओवादी सहितको गणतन्त्रवादीहरु वैचारिक रुपमा असफल बन्दै गएको बताएका छन्
गणतन्त्र संसद्वादी परम्परावादी राजसंस्थावादीहरु तीन ध्रुवीय कित्तामा उभिएको उल्लेख गर्दै अध्यक्ष थापाले गणतन्त्र जबर्जस्ती लाद्ने अभ्यासले मुलुकको राजनीति संकट तर्फउन्मुख भएको बताए राप्रपा नेपाल दमकले आइतबार दमकमा आयोजना गरेको मेची अञ्चलस्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष थापाले भने-' मुलुकको संकट निकास गर्न जनताले राजसंस्थाको भूमिका खोजेको ' उनले शान्ति संविधानको नाममा ठूला चार दलले मुलुकलाई तहसनहसमा पुर्याएको बताए उनले भने-'मुलुक जोगाउन जनताले विकल्प खोजेका छन्, पार्टीले देशभरी विभिन्न दवाब सृजना गरिरहेका छौँ '
भेलालाई सम्बोधन गर्दै  राप्रपा नेपालका अध्यक्ष  कमल थापा

अध्यक्ष थापाले चार वर्षम्म संविधान बनाउन नसक्ने दलहरुले अब तीन महिना भित्रमा संविधान बनाउने विश्वास नभएको उल्लेख गरे जेष्ठ १४ भित्र संविधान बन्ने बलियो आधार दलहरुभित्र बन्न नसकेको चर्चा गर्दै उनले चमत्कारका रुपमा बनाइएपनि त्यो संविधानमा जनताको भावनाहरु नसमेटिने दाबी गरे अध्यक्ष थापाले मुलुकलाई संकटबाट जोगाउन बामपन्थी संसदवादी राजावादी सबै शक्तिहरु बीच आपसी समझदारीको खाँचो रहेको उल्लेख गरे उनले हिन्दू राष्ट्र, राजसंस्था संघीयता जस्ता मूलभूत मुद्दाको निकास दिन जनमत संग्रह एकमात्र उपयुक्त माध्यम भएको दोहोर्याए
कार्यक्रममा पार्टीका सहअध्यक्ष पदमसुन्दर लावतीले चारदलका कारण मुलुक सिक्किमीकरण बन्ने सम्भावना आएको आरोप लगाए सो कार्यक्रममा पूर्वराज्यमन्त्री टेकनारायण राजवंशी, सभासद् बबिना मोक्तान, केन्द्रीय सदस्यहरु रामकुमार सुब्बा, घनेन्द्र सुब्बा, दिलनाथ गिरी, राजेन्द्र लिङ्देन, सगुन लावती, केन्द्रीय परिषद् सदस्य अम्बर बिष्ट लगायतले बालेका थिए
सोहि अवसरमा राष्ट्रिय जनशक्ति पार्टीका नगर अध्यक्ष मानबहादुर देवान सहित जना कार्यसमितिका कार्यकर्ताहरु पार्टी परित्याग गरी पार्टीमा सामूहिक प्रवेश गरेका थिए यस्तै विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष थापाले पार्टीको सदस्यता प्रदान गरेका थिए पार्टी प्रवेश गर्नेमा जनशक्तिका उपाध्यक्ष शेरबहादुर बस्नेत, सचिव बमबहादुर खत्री, युवक संगठन दमकका अध्यक्ष प्रकाश बस्नेत, संविधानसभामा पार्टीको तर्फा उम्मेद्वार सितादेवी कुमाल लगायतका कार्यकर्ता रहेका थिए
पार्टीका नगर अध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम भएको थियो पार्टीका उपाध्यक्ष विरेन्द्र संग्रौलाका अनुसार आज दमकको मारवाडी भवनमा हुने प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष थापा लगायतका नेताहरुले प्रशिक्षण दिने छन्

0 प्रतिकृया:

Post a Comment