छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु - मुख्य समाचार

धनगढी/स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ छैटौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको
प्रतियोगिताको सुदुरपश्चिमको ब्यापारिक केन्द्र धनगढीमा नवनिर्मित रङ्गशालामा राष्ट्रपति डा. रामबरण यादवले उद्घाटन गरेका छन् प्रतियोगिता उद्घाटन गर्दै राष्ट्रपति यादवले छैटौं राष्ट्रिय खेलकुदले सुदुरपश्चिमका जनता मात्र नभई सिङ्गो राष्ट्रलाई नैं गौरवान्वित बनाएको बताए उनले खेलकुदले देशको सबै भूगोल जातजातिका जनतालाई एकताको सुत्रमा बाँध्ने काम गरेको समेत चर्चा गरे राष्ट्रिय एकतालाई छातिमा राखेर खेल खेल्न सबै खेलाडीलाई राष्ट्रपतिको आग्रह थियो
 
राष्ट्रपति यादवले बृहत् छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन भएको घोषणा गरिरहँदा रङ्गशाला स्थलमा नअटाएका खेलकुदप्रेमी एवम् दर्शकहरुले रङ्गशाला वरिपरीका घरको छतमा बसेर समेत खुशी हुँदै तालि बजाएको देखिन्थ्यो
कार्यक्रममा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो अंकित झण्डाको झण्डोत्तोलन गर्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले यस प्रतियोगिताले खेलाडीहरुले आफूभित्र लुकेर बसेको प्रतिभा प्रस्तुत गर्ने मौका पाएको बताए
प्रधानमन्त्री भट्टर्राईले भने -'तीन महिनाको तयारीमै खेलकुदको भौतिक निर्माणको काम हुनु, खेलाडीले उचित तालिम प्राप्त गर्दै प्रतियोगितामा भाग लिने मौका पाउनुले पनि सुदूरपश्चिमका जनता हरेक काममा सक्षम छन् भन्ने प्रमाण दिएको ' खेलकुद राष्ट्रिय गौरव, पहिचान, भाइचारा, अन्तर्राष्ट्रिय  सम्बन्ध स्थापित गर्ने माध्यम भएकाले यसमा सबै क्षेत्र, भूगोल, जाति वर्ण्र्ाा जनताको सहभागिता रहेको प्रम भट्टर्राईको भनाई थियो
एउटै खेलमा सबै जाति, भाषा, धर्म, आदिका खेलाडीहरुको सहभागिता भए जस्तै सबै राजनीतिक दलका नेताहरु पनि मिलेर बेलैमा संविधान बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको भट्टर्राईको भनाई थियो पछिल्लो केही दिनदेखि दलहरुबीचको राजनीतिक बहस वातावरणले देशमा शान्ति संविधान बेलैमा बन्ने धेरै आधारहरु खडा गरेको उल्लेख गर्दै उनले जेठ १४ गते भित्रै शान्ति संविधान जनताले पाउने प्रतिबद्धता पनि जनाएका थिए

0 प्रतिकृया:

Post a Comment