दमक/आइतबार राति नेपाल टेलिकमको दमकस्थित कार्यालय परिसरमा आगलागी भएको छ ।
त्यहाँ राखिएका शरणार्थी मामिला सम्बन्धी राष्ट्र संघीय उच्च आयोग -युएनएचसीआर) ले उपयोग गर्दै आएका उपकरणमा लागेको आगोका कारण भएको क्षतिको विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार राति पौने ९ बजे एक्कासी पानी ब्याट्री पड्किएको आवाज आएपछि आगो सल्किएको थियो । आगोलाई दमक नगरपालिकाको वारुण यन्त्र र प्रहरीले निभाएका छन् ।
त्यसैगरी आइतबार साँझ देखि दमक-१ स्थित सुकुम्बासी बस्ती नजिकै रतुवा खोला बगरमा रहेको खरबारीमा आगलागी भइरहेको छ । आगो के कारणले सल्किएको भन्ने बारे सो क्षेत्रका बासिन्दाले समेत अनविज्ञता जनाएका छन् ।
इलाका प्रहरी कार्यालय दमकले समेत आगलागी बारे कुनै जानकारी नआएको जनाएको छ । यो समाचार तयार पार्दा सम्म आगो निभेको छैन ।
0 प्रतिकृया:
Post a Comment