डाँफे सहकारीको भ्रमण

दमक/दमकको डाफे बचत तथा ऋण सहकारी संस्थाको टोलीले मेचीदेखि महाकालीसम्मका बिभिन्न जिल्लाका सहकारीहरुको भ्रमण गरेको
टोलीले गत फागुन गते देखि १३ गतेसम्म सहकारीहरुको स्थलगत भ्रमण गरेको हो बचत तथा ऋणसँगै अब कृषि क्षेत्रमा पनि संस्थाले काम गर्ने उद्देश्यका साथ सदस्यहरुलाई अन्य जिल्लाका सहकारीहरुको भ्रमण गराएको संस्थाका अध्यक्ष सिताराम पोखरेलले जनाए भ्रमणपछि उपयुक्त योजना बनाउने अध्यक्ष पोखरेलले बताए
थोरै समयमै राम्रै प्रगतितर्फउन्मुख भएको यो सहकारी आफ्नै तीन तले भवनमा संचालन भइरहेको अध्यक्ष पोखरेलको नेतृत्वमा गएको टोलीले मोरङ, सप्तरी, सिराहा, चितवन, कपिलबस्तु, भैरहवा, पाल्पा, महाकाली लगायतका जिल्लाका डेढ दर्जन बढी कृषिसँग सम्बन्धित सहकारीहरुको स्थलगत भ्रमण गरेको
त्यस्तै टोलीले सप्तरीको माहुलीमा रहेको गाई, भैसी, बाख्रा पालन ब्यावसायमा लागेको कृषक सहकारी, मोरङको कटहरीमा तरकारी खेती, रुपन्देहीको बुटवलमा बचत तथा ऋण सहकारी लगायतको भ्रमण गरेको टोलीमा संस्थाका सञ्चालकहरु लिलानाथ खनाल, घनश्याम खनाल, लगायतका आधा दर्जन महिला सदस्य सहभागी थिए

0 प्रतिकृया:

Post a Comment