ग्याँस विक्रेताको अधिवेशन आज

अध्यक्षमा थापा ओलीको चर्चा
बिर्तामोड/ग्याँस बिक्रेता महासंघ झापाको दोस्रो जिल्ला अधिवेशन आज बिर्तामोडमा हुँदैछ जिल्लाका करिब सय जना ग्याँस व्यवसायीहरुले भाग लिने अधिवेशनको उद्घाटन महासंघका पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले गर्ने कार्यक्रम तय भएको
वर्तमान अध्यक्ष किशोर सिंहले सो अधिवेशन उद्घाटन गर्ने भनिएको भएपनि अस्वस्थताका कारण उनी आउन नसक्ने भएकाले पूर्व अध्यक्ष अर्याल कार्यक्रम उद्घाटनका लागि आइतबार नै बिर्तामोड आइपुगेका जनाइएको उनीसँगै महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र थापा महासचिव महेश्वरकुमार श्रेष्ठ पनि बिर्तामोड आइपुगेका छन्
अधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चयन गर्नेछ नयाँ नेतृत्व लिन मुख्य अध्यक्ष पदमा दमकका टेकबहादुर थापा बिर्तामोडका लक्ष्मी ओलीको नाम चर्चामा रहेको स्रोतले जनाएको त्यस्तै उपाध्यक्षमा लखनपुरका राजु न्यौपाने, सचिवमा दमकका महेन्द्र खड्कासहित घनश्याम मारवाडी अन्य एकजना तथा कोषाध्यक्षमा चन्द्र थपलिया लगायतका व्यवसायीहरुको नाम चर्चामा रहेको समाचार स्रोतले जनाएको

0 प्रतिकृया:

Post a Comment