उपस्वास्थ्य चौकीको आफ्नै भवन

गौरादह/महारानीझोडा गाविसस्थित उपस्वास्थ्य चौकीले आइतबारदेखि आफ्नै निजी भवनमा सेवा सुचारु गरेको
२०५१ सालदेखि सो गाविसको भवनमा सञ्चालन हुँदै आएको उपस्वास्थ्य चौकीले सरकारको ४० लाख रुपैयाँ लागतमा नयाँ भवन निर्माण भएपछि आफ्नै भवनमा सेवा सुचारु गरेको हो स्थानीय जग्गादाताहरु बुद्धिबहादुर श्रेष्ठ दलबहादुर कार्कीले प्रदान गरेको जग्गामा निर्मित कोठे सो पक्की भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको
सोही गाविसको स्थानीयबासिन्दा समेत रहेका पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेकपा एमालेका सभाषद् युवराज कार्कीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रमको विशेष अतिथि क्षेत्रनम्बर का सभाषद् दीपक कार्की रहेका थिए
उपस्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष एवम् गाविस सचिव शम्भुराज अधिकारीको सभापतित्व्मा भएको कार्यक्रममा कार्कीद्वय गाविसका पूर्व अध्यक्ष देवीप्रसाद काफ्लेले मन्तव्य राखेका थिए सो अवसरमा जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो उपस्वास्थ्य चौकीका प्रमुख रामचन्द्र मिश्रले सञ्चालन गरेको सो कार्यक्रममा अनमी सुष्मा पौडेलले स्वागत मन्तव्य राखेका थिए सो उपस्वास्थ्य चौकी सरकारले शान्ति तथा पुनः निर्माण मन्त्रालय मार्फ् पठाएको बजेटबाट निर्माण गरिएको हो सोको सभाषद् एवम् पुर्व मन्त्री कार्कीले ०६७ साल मंसीर २४ गते शिलान्यास गरेका थिए

0 प्रतिकृया:

Post a Comment