काठमाडौं/७२ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सबैभन्दा होचा ब्यक्ति भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले पुष्टी गरेको छ । योसँगै उनी बिश्वकै सबैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन् ।
उनको उचाई नाप्न आएको गिनिज बुक अफ वर्ल्ड रेकर्डसको टोलीले आइतबार चन्द्रबहादुरको उचाई ५४.५ सेन्टिमिटर अर्थात् २१.५ इन्च मात्र भएको प्रमाणित गरेको हो । लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो । डाँगीको नाप लिन गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाडौं आइपुगेको थियो ।
नेपालका चन्द्रबहादुर डाँगी यसअघि यो किर्तिमान फिलिफिन्सका जुनेर वालापिङको नाममा रहेको थियो । चन्द्रबहादुर जुनेरभन्दा ५.३ सेमी होचा छन् । उनको उचाई ५९.९ सेमी अर्थात् २३.५ इन्च रहेको थियो । उनले गत जुनमा नेपालकै खगेन्द्र थापा मगरको नाममा रहेको होचा व्यक्तिको किर्तिमान खोसेका थिए ।
यो बुढ्यौलीमा बिश्व रेकर्ड कायम राख्न गिनिज बुकको सर्म्पर्कमा पुगेका चन्द्रले नयाँ रेकर्डबाट उनको स्वास्थ्यका लागि सहयोग पाउने गिनिज बुकले अपेक्षा गरेको छ । प्रधानसम्पादक ग्लिन्डेले भने-'गिनिज बुकको ५७ बर्षे इतिहासमा चन्द्र नै मापन गरिएका सबैभन्दा होचा ब्यक्ति हुन् ।'
७२ बर्षो उमेरसम्म गुमनाम रहेका चन्द्रबहादुर गिनिज बुकले दिएको प्रमाणपत्रसँगै चर्चामा आएका छन् । प्रमाणपत्र पाएपछि चन्द्र संचारकर्मी माझ निकै प्रफुलित देखिन्थे ।
'तरुनीहरुले मलाई उचालेरै घुमाउँथे'-चन्द्रले भने-'होंचो भएकाले बिहे गर्ने केटी नै पाइन ।' आफ्ना चार दाजुभाइ भन्दा निकै कम उचाई रहेका चन्द्रबहादुरले त्यही कारण उमेरमा बिबाह गर्न सकेनन् । अहिले त उनलाई बिवाह गर्ने रहर पनि छैन । चन्द्र भन्छन्-'७२ बर्ष भइसकियो, अब त के बिहे गर्नु ?'
0 प्रतिकृया:
Post a Comment