पेदाङ गाविसका सचिव राजेन्द्र भण्डारीका अनुसार धनबहादुर मावोका छोरा १३ वर्षीय सुरेन्द्र मावोको निधन भएको हो । स्थानीय याङपाङ प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत उनी विद्यालयबाट फकंर्दै गर्दा पानी परेपछि ओत लाग्न हर्क मावोको घरमा पसेका थिए । त्यहीबेला सोलारमा लागेर आएको चट्याङले उनको घटनास्थलमै
मृत्यु भएको र घरधनी फुलकुमारी मावो र उनका छोरा सन्दीप मावो घाइते भएका छन् ।
घटनास्थल सदरमुकामबाट दुई दिनको पैदलमा रहेको छ । यस्तै साघु गाविसमा परेको चट्याङले दुई जना महिला गम्भीर घाइते भएका छन् । स्थानीय याक्खेवा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । घाइते महिलाको नाम खुलिनसकेको स्थानीय गणेश प्रसाइले बताएका छन् ।
0 प्रतिकृया:
Post a Comment