घुस लिँदालिँदै ‘पीए’ पक्राउ

काठमाडौं/वन राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नगेन्द्र यादव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन्
राजधानीको बिजुलीबजारस्थित पिकप्वाईन्ट रेष्टुरेन्टमा घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी लालमणि आचार्य नेतृत्व टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो
रारा राष्ट्रिय निकुञ्जको अधिग्रहणमा परेको जग्गाको मुआब्जा मन्त्रीस्तरीय निर्णय गराएर चाँडै दिलाउने भन्दै उनले स्थानीय बासिन्दाबाट घुस लिएको बुझिएको उनले ७७ जना स्थानीयबासिन्दाबाट ३५सय रुपैंयाँका दरले घुस मागेका थिए
पेश्की बापत ५० हजार रुपैंयाँ लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् अख्तियारको टोलीले बुधबार दिउँसो घुस लिएको स्थलमै समातेर उनलाई पत्रकारसामु सार्वजनिक गरेको हो अख्तियार प्रतिनिधिले पक्राउ परेकै स्थानमा उनीसँग बयान लिनुका साथै मुचुल्कासमेत उठाएका थिए सुरुमा उनले घुस लिएको स्वीकार्दै आफूलाई बचाउन अनुनयबिनय गरेको भएपनि पछि उनका साथीहरु समेत त्यहाँ आइपुग्दा आफूलाई फसाउन खोजिएको मधेसबिरुद्ध षडयन्त्र भएको भन्न थालेका थिए

0 प्रतिकृया:

Post a Comment