मध्य पहाडी लोकमार्गका कूल ५१ पुल मध्ये २९ वटा निर्माणाधिन छन् । पूर्व पश्चिम विद्युतीय रेलमार्गको लागि ३ खण्डमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने कार्य सुरु भएको । सो आयोजना अहिले पनि प्राथमिकता ३ मा मात्रै रहेकोले स्रोतको अभाव हुनसक्ने मन्त्रालयले जनाएको छ । हुलाकी राजमार्गमा भारतीय सहयोगमा १९ प्याकेज मध्ये ६ प्याकेजमा काम भइरहेको छ ।
सो अन्तर्गत विभिन्न खोलामा ५२ वटा पुल बनाउने कार्य भइरहेको जनाइएको छ । मेलाम्ची खानेपानी आयोजनाको ४ कि.मि. सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी पर्यटन विकास तर्फ पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि प्रकृया सुरु भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
0 प्रतिकृया:
Post a Comment