महेन्द्रनगर/ छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत बुद्धिचालतर्फ बुधबार तेश्रो र चौथौें चरणका खेलहरु सम्पन्न भए । जसमा दमकस्थित ध्रुवतारा स्पोर्टिङ् क्लबका खेलाडी निरज निरौला ४ अंकका साथ अग्रस्थानमा रहेका छन् । निरजले तेश्रो खेलमा मध्यमाञ्चलका प्रेमकृष्ण महर्जन र चौथोंमा पश्चिमाञ्चलका विजय गुरुङ्गलाई हराए । त्यस्तै फिडेमास्टर मनिष हमाल ३ दशमलव पाँच अंकका साथ दोश्रो स्थानमा रहेका छन् ।
0 प्रतिकृया:
Post a Comment