“घरभित्रै हिंसा सहनुपर्छ” – बाटैमा


शोभा चेम्जोङ मानवअधिकारका लागि महिला महिला एकल समूह उर्लाबारीकी अध्यक्ष हुन् चन्द्रीका भट्टराई नेतृत्व रहेको सो समूहकी तीन वर्ष देखि एकल महिला हक अधिकारका क्षेत्रमा नेतृत्वदायी भूमिकामा छिन् एकल महिलालाई घरेलु, पारिवारिक जस्ता समस्याका कारण विभेद झेल्नु परेको बताउने उनी भन्छिन्–"राज्यले बनाउने नीति निर्माण समयानुकूल परिवर्तनको खाँचो ।"
मोरङको उर्लाबारी का कांग्रेसका नेता स्व. सनम पालुङ्वाका श्रीमति उनी नेपाली कांग्रेसका महासमिति सदस्य पनि रहेकी छिन् प्रस्तुत एकल महिलाका सेरोफेरोमा महिला नेतृ चेम्जोङसँग बाटैमा गरिएको कुराकानी
एकल महिलाका लागि समूह किन आवश्यक चाहियो ?
मुख्यतया एकल महिलाहरुलाई संगठित गर्ने, उनीहरुको हक अधिकारका क्षेत्रमा पैरवी गर्न यस संस्था स्थापना भएको हो हामीमा रहेका समस्या एक आपसमा साटासाट गर्न, आत्मबल बढाउन एउटा साझा थलोको रुपमा यो संस्थालाई विकास गरी आएका छौँ
उर्लाबारीमा रहेको गाविस स्तरीय यो समूहले के काम गरिआएको ?
हाम्रो गाविसमा अहिले सय २५ बढी महिला संस्थामा आवद्ध छन् आफ्ना हक अधिकार स्थापना गर्न यस क्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम गरिआएका छौँ एकल महिलाका अधिकारसँगै उनीहरुलाई स्वरोजगार बनाउन तथा बचत तथा ऋण प्रवाह गर्ने कार्य सञ्चालन गरिआएका छौँ हामीले स्थानीय क्षेत्रका सरकारी अन्य सरोकारवाला संघसंस्थाहरुसँग समन्वय गरेर एकल महिलालाई समाजमा पुनस्र्थापना गर्ने कार्यक्रमहरु गरिआएका छौँ
संस्थाको अवस्था कस्तो ?
२०६५ सालमा यस संस्था स्थापना भएपछि छरिएर रहेका एकल महिलाहरुलाई संस्थामा आवद्ध गराउने कार्य अघि बढाएका छौँ हामीले एकल महिलाहरुलाई आय आर्जनका माध्यमबाट जीवनस्तर उकास्न आर्थिक कार्यक्रम सञ्चालन गरेका छौँ संस्थामा आवद्ध आधा बढीले मासिक ५० रुपैयाँ बचत अवसर कोषमा रुपैयाँ मासिक बचत गरिआएका छौँ मासिक बचतमा एक लाख बढीको कोष बनाएका छौँ भने संस्थाका विपन्न महिलालाई आपतकालीन सहयोग पु¥याउन अवसर कोष स्थापना गरिआएका छौँ

एकल महिलाका मुख्य समस्याहरु केके हुन् ?
धेरै समस्या छन् घरदेखि सम्पत्ति माथिको अधिकारमा एकल महिला आफ्नो पतिको मृत्युपछि प्रत्यक्षरुपमा मारमा परेका छन् समाजमा तिरस्कृत हुनुपरेको , हेलाका दृष्टिकोणले विधुवा महिलालाई हेरिन्छ घरबाट शुरु भएको त्यो हिंसा समाजको हरेक क्षेत्रमा जानेर, नजानेर अनेकौँ दोषको शिकारको पात्रको रुपमा हेर्ने गरिन्छ राज्यले समेत हाम्रा समस्या सुनुवाई तथा आवश्यक नीति कार्यक्रम ल्याउन सकेका छैन
तपाईले पनि त्यस्तो हिंसा भोग्नु भएको ?
यसमा धेरै टिप्पणी नगरौँ मैले अघि नै भनेकी छुएकल महिलाका हिंसा देश भरीका एकल महिलाका मुद्दा हुन्
एकल महिलालाई मुख्य हिंसा कहाँबाट शुरु भएको ठान्नु हुन्छ ?
उसको घर परिवार देखि राज्यको नीति निर्माण गर्ने  निकायसम्म एकल महिला पीडित हुनुपरेको उमेर नपुगी विधुवा हुँदा बुढा मारी बोक्सी हुन् देखि परपुरुषसँग बोल्दा सामाजिक संकुचन सोचिनु चलन हाम्रो समाज अझै रुढिवादी तथा भ्रामक सामाजिक चालचलनको शिकार रोकिन सकेको छैन परिवारबाट शुरु भएको यो समस्या हटाउन परिवारबाट सकरात्मक थालनीको खाँचो
सरकारले एकल महिलालाई राहत कार्यक्रममा थप व्यवस्था गरेको , यहाँलाई के लाग्छ ?
सरकारले एकल महिलाका मुद्दामा विगतका वर्षभन्दा मासिक भत्ता सय दिने व्यवस्थामा उमेरको हदबन्दी हटाएको , यो स्वागतयोग्य मान्नुपर्छ उमेरको हिसाबले यस अघि जुन विभेदको व्यवस्था गरेको थियो तर अहिले एकल महिला उमेरका ठूला साना होइनन्, उनीहरुको मुद्दा एकै हुन् भन्ने पक्षमा यो राम्रा पक्ष हुन् एकल महिलालाई विवाह गरे ५० हजार दिने सरकारले जुन योजना अघि बढाएको थियो, त्यो हामीलाई घृणित पहिचान दिएर गरिन लागेको व्यवस्था भनेर हामीले त्यसको विरोध गरेका हौँ अहिले त्यो कार्यक्रम रोकिएको मैले भन्न खोजेको चाहीँ के हो भने हामीलाई राहत भन्दा पन िआत्मनिर्भर बनाउने कार्यमा सरकारले प्रोत्साहित गरिनु आवश्यक
प्रस्तुति  : विष्णु सुब्बा

0 प्रतिकृया:

Post a Comment