सुत्केरीको उपचारमा लापर्वाही

नेपालगन्ज/मध्य तथा सुदूरपश्चिमकै सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अञ्चल अस्पतालका चिकित्सकको लापर्बाहीले एक सुत्केरीको योनी पूरै सिलाइएको खुलासा भएको
बाँकेको शम्शेरगञ्जकी १७ वर्षीया थारु युवती सुत्केरी हुँदा योनी सिलाइएको रहस्य खुलेको सुत्केरी भएको दुई महिनापछि यौन सम्पर्क गर्न नमिलेपछि योनी सिलाइएको खुलेको हो पुस १९ गते उनी नर्मल सुत्केरी भएकी हुन् कलिलै उमेरमा बच्चा जन्माएकाले योनी केही च्यातिएको भन्दै डा. कल्पना थापाको टिमले टाँका लगाएको हो पिसाब मात्र गर्न मिल्ने गरी टाँका लगाइएको रहेछ,’ युवतीका पतिले भने पिसाब फेर्न पनि असजिलो भएपछि अस्पताल आउँदा सन्चो हुन समय लाग्ने भन्दै फर्काइएको उनले बताए
कोहलपुरस्थित जीवनज्योति मेडिकल हलमा स्वास्थ्य जाँच गराउने क्रममा योनी सिलाइएको पत्ता लागेको हो मेडिकलका स्वास्थ्यकर्मीले उनलाई पुनः शल्यक्रिया गर्न भेरी अञ्चल अस्पताल पठाएका हुन् अस्पतालले आफ्ना स्वास्थ्यकर्मीको गल्ती स्वीकार्दै निःशुल्क शल्यक्रिया गरिदिने आश्वासन दिएको अस्पताल प्रमुख डा. नरेन्द्रकुमार रायले अन्जानबस यस्ता घटना हुने भन्दै त्यसबारे आफूले बुझ्ने बताए युवतीको परिवारले लापर्बाही गर्ने चिकित्सकलाई कारबाही पीडितलाई अस्पतालले उचित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन्

0 प्रतिकृया:

Post a Comment