शृङख्लाबद्ध आक्रमणको विरोध – सम्पादकीय

बुधबार र बिहीबार दुई दिनका लागि झापाभरका छापाजन्य सञ्चारमाध्यमले प्रकाशन रोके । निरन्तरको प्रेस माथिको आक्रमण र हस्तक्षेपका कारण आम पाठक तथा जनतालाई सूचनाको हकबाट वञ्चित हुनुपर्ने स्थिति सृजना भयो । नेपाली जनताले लडेर–भिडेर ६ वर्ष अघि मुलुकमा प्रादुर्भाव गरेको लोकतन्त्रको पराकाष्ठक नै झापाली सञ्चारमाध्यमले २ दिनका लागि जुन आन्दोलन गरे त्यसले आफै स्पष्ट गर्ने छ ।
नेपाली राजनीतिक इतिहासमा पञ्चायतकालीन ‘सेन्सरसीप’ यताका अवस्थामा करीब २४ वर्षको अनुभवलाई हेर्दा नेपाली प्रेसमाथि गत सोमबारदेखि जुन हर्कत प्रस्तुत भयो र जसरी शृङ्खलाबद्ध आक्रमण भए यी अवस्थाहरूले मुलुकलाई ढुङ्गे युगतर्पm धकेलिरहेको आभाष मिल्छ । २१ औँ शताब्दीको समाजलाई आम नागरिकको सुसूचित हुने अधिकारमै प्रश्न चिन्ह उठ्ने गरी जुनै पक्षबाट आक्रमण भएको भए तापनि त्यो बर्बरता क्षम्य छैन । झापाली पत्रकारिताले आफ्नो गरिमा र अस्तित्व रक्षाका लागि दुई दिन सम्मका लागि जुन कुण्ठित आन्दोलन सम्पन्न गरेको छ, यो एउटा बाध्यता र विवशताको चरण हो । झापाली पत्रकारिताले समाज र दुनियाँलाई एउटा गतिलो सन्देश दिएको छ, बरु नित्यकर्म रोकेर आन्दोलित बन्दछौँ तर, अत्याचार र तानाशाही प्रवृत्तिलाई डटेरै विरोध गर्छौँ । वास्तवमा पछिल्ला आक्रमणका गतिविधिलाई हेर्दा झापाली प्रेस जगतले गरेको निर्णय सही थियो ।
नागरिकको सूचित हुने अधिकारका लागि म¥यादित पत्रकारिताको प्रयास मुलुककै यतिबेलाको गहन अभ्यास र सृजना दुवै हो । समाजको ऐनाका रुपमा नेपाली प्रेस खेल्दै आएको भूमिका प्रति जुनकुनै आन्दोलन वा हड्तालका नाउँमा सुनुयोजित ढङ्गले गरिएको आक्रमणका घटनालाई नेपाली प्रेस जगतले कालो इतिहासका रुपमा दर्ज गर्ने छ । बेइमानीपूर्ण तवरले शृङ्खलाबद्ध आक्रमण गरिनु किमार्थ बहादुरीपूर्ण कार्य होइन बरु कार्यकर्ता र बर्बर हिंसा हो ।
नेपाली समाजले यस घटनाका सही मूल्याङ्कन गर्ने नै छ । साथै, यस घटनाका जो कोही दोषी माथि समयले दण्डित गर्ने पनि निश्चित छ । समय पर्खनु मात्र विलम्बको अवस्था हो, तर फेरि पनि यथार्थ लुक्दैन ।

0 प्रतिकृया:

Post a Comment