ओजस्वीको दोस्रो कोशेली ‘कसम हजुर’

पथरी, १२ जेठ/ ‘कसम हजुर’ । एक प्रेमीले आफ्नो प्रेमिकालाई मायामा विश्वास दिलाउन प्रयोग गर्ने शब्द हो । तर, ओजस्वी कला केन्द्र पथरीका लागि भने प्रेमिकालाई विश्वास दिलाउन नभई स्रोताको ढुकढुकीमा बस्न ल्याइएको सांगीतिक कोशेली हो ‘कसम हजुर’ ।

आफ्नो गौरवमय दशौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ओजस्वी म्युजिक सेन्टरको दोस्रो कोशेलीका रुपमा ‘कसम हजुर’ नामक एल्वम् भर्खरै बजारमा ल्याएको छ । विभिन्न ख्यातिप्राप्त गायक–गायिकाहरुको स्वरवद्ध ७ वटा गीत समावेश रहेको यस एल्बम्का सम्पूर्ण गीतको रचना लालीमा श्रेष्ठले गरेका हुन् ।
ओजस्वी कला केन्द्रका प्रशिक्षक तथा सङ्गीतकार सोम याम्फूले सङ्गीत भरेको एल्बम्मा राजेश पायल राई, रजिना रिमाल, निशा देशार, मिलन अमात्य र कला केन्द्रका विद्यार्थीहरु अर्जुन तामाङ, पवित्रा तामाङ, मिक्सुहाङ वनेम, आश्मा राईको स्वर सुन्न सकिन्छ । एल्बम्को बजारीकरण थालिएको र चाँडै म्युजिक भिडियोहरू समेत निर्माण गरिने सङ्गीतकार यम्फूले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment