पूर्वाञ्चल इसाई समाजका माग

दमक, १२ जेठ/ नयाँ बन्ने संविधानमा धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्षताको ग्यारेण्टीलाई अपरिवर्तनशीलका रुपमा लिपिबद्ध गर्न पूर्वाञ्चल इसाई समाजले माग गरेको छ ।
समाजले बुधबार दमकमा पत्रकार सम्मेलन गरी तोकिएकै समयमा नयाँ संविधान जारी गर्न, धार्मिक जातीय सहिष्णुता कायम गरी शान्ति स्थापना गर्न, अल्पसंख्यक इसाइ लगायत अन्य अल्पसंख्यक धर्मावलम्बी र जातजातिहरुको हक र अधिकारको सुनिश्चितताको ग्यारेण्टी संविधानमा नै गर्न र जनचाहना अनुसार प्रदेशको नामाङ्कन र सीमाङ्कन गरी प्रदेशको  घोषणा गर्न समेत माग गरेको छ ।
पत्रकार सम्मेलनमा समाजका अध्यक्ष दानिएल सुब्बा र महासचिव  जोसेफ (हिमाल) राईले हस्ताक्षर गरेका छन् । सो पत्रकार सम्मेलनको सञ्चालन राजकुमार राईले गरेका थिए । कार्यक्रम शुरू हुनु अघि प्रभु येशुका नाममा प्रार्थना समेत गरिएको थियो ।

0 प्रतिकृया:

Post a Comment