शान्ति–सद्भाव ¥याली सम्पन्न

दमक, १२ जेठ/शान्ति र सामाजिक सद्भाव कायम राख्न आव्हान गर्दै झापाको दमकमा बुधबार वृहत् सद्भाव ¥याली सम्पन्न गरिएको छ ।
एकीकृत नेकपा माओवादी, नेपाली कंग्रेस र नेकपा एमाले लगायतका दुई दर्जन बढी संघसंस्थाहरुको सहभागितामा ¥याली सम्पन्न भएको थियो । गणतन्त्र चोकबाट निस्किएको ¥याली नगर परिक्रमा गरी पुनः गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै विभिन्न पार्टीका स्थानीय नेताहरुले सामाजिक सद्भाव वृद्धि गर्न ¥याली आयोजना गरिएको बताएका थिए । कार्यक्रममा सामाजिक संघसंस्थाका तर्फबाट नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी,
आदिवासी जनजाति तथा लिम्बुवान मुक्ति मोर्चाका तर्फबाट मोर्चाका झापा जिल्ला अध्यक्ष देउकुमार नेम्बाङ, एकीकृत माओवादी पार्टी झापा क्षेत्र नम्बर ७ का क्षेत्रीय इन्चार्ज गगन पुरी, अग्रज सामाजिक व्यक्तित्व तथा नेपाली कांग्रेस झापाका संस्थापक सभापति पूर्णानन्द शर्मा लगायतले बोलेका थिए ।
यता एकीकृत नेकपा माओवादी बैद्य पक्ष लगायत केही लिम्बुवानजन्य पार्टी तथा संघ संगठनहरुले ¥यालीमा सहभागिता जनाएनन् । ¥यालीमा झापा क्षेत्र नम्बर ७ अन्र्तगत दमक, लखनपुर, तोपगाछी, र धरमपुरका विभिन्न पार्टी कार्यकर्ताहरु र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक संगठन, मानव अधिकारकर्मी लगायतको व्यापक सहभागिता रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment