वडा नागरिक मञ्चद्वारा सरसफाई कार्यक्रम

इलाम, १२ जेठ/इलामको इभाङ–७ मा गठन गरिएको वडा नागरिक मञ्चले स्थानीय विद्यालयको सरसफाई र घेराबारा गरेको छ ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्तर्गत सञ्चालन भईरहेको सामाजिक परिचालन कार्यक्रमको क्रममा गठित मञ्चले जनकल्याण निम्न माध्यमिक विद्यालयको परिसर सरसफाई र कम्पाउण्ड घेराबारा गरिदिएको हो ।
मञ्चले समाज विकासका लागि नया“ काम गरौ“ भन्ने अभियान अन्तर्गत एक दिन जनश्रम जुटाएर सो कार्य गरेको हो । श्रमदान कार्यमा मञ्चले पदाधिकारी सहित स्थानीयको समेत सहभागिता जुटाएको थियो । सो कार्यमा मञ्चका पदाधिकारी र स्थानीय समेत गरी ५८ जनाको सहभागिता रहेको मञ्चका संयोजक नन्दमाया लिम्बूले जानकारी दिए ।
मञ्चका संयोजक नन्दमाया लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतितिक विद्यालयका  प्रधानाध्यापक प्रमोदकुमार लिम्बू, विद्यालय व्यवस्थापन समितिका सदस्य यामबहादुर सासंखर लगायतले समाज विकासका लागि सबै एकजुट भई लाग्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला विकास समिति इलाम र मानव अधिकार मञ्च नेपाल इलामको साझेदारीमा गत वर्षदेखि इभाङ्गमा सामाजिक परिचालन कार्यक्रम सञ्चालन भईरहेको छ ।
यसैबीच सोही कार्यक्रम अन्तर्गत गजुरमुखीमा गठन गरिएको वडा नागरिक मञ्चले पनि खानेपानी मुहान सरसफाई गरेको छ । गजुरमुखी–९ मा गठित वडा मञ्चले स्थानीय लम्फेवा ग्रामीण खानेपानी तथा सरसफाई आयोजनाको मर्मत र सरसफाई गरेको हो । मञ्चका सहसंयोजक जीतबहादुर कार्कीको अगुवाईमा मञ्चका सदस्य र  अन्यको समेत सहभागितामा कार्यक्रम गरेको हो । कार्यक्रममा ३३ जनाको सहभागिता रहेको सामाजिक परिचालक दिलकुमारी लिम्बूले जानकारी दिएका छन् ।

0 प्रतिकृया:

Post a Comment