निजी शिक्षकहरुको सुविधाबारे अनुगमन

दमक, १२ जेठ/ निजी विद्यालयका शिक्षकहरुको सेवा सुविधाका बारे सरोकारवालाहरुले अनुगमन गर्ने भएका छन् । निजी विद्यालयका शिक्षकहरुको सुविधा बारे विद्यालय सञ्चालकहरु र शिक्षकहरुको प्रतिनिधित्व मूलक संख्या बीच पछिल्लो सहमति अनुरुप सहमति कार्यान्वयन भए नभएका बारे अनुगमन गरिने भएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) बीच गत वैशाख २७ गते सुरुङ्गामा आठ बुँदे सहमति भएको थियो । इष्टुका जिल्ला सचिव होमराज खतिवडाका अनुसार निजी विद्यालयमा कार्यरत शिक्षकहरुको पारिश्रमिक प्रा.वि. तहमा ६६ सय निमावि तहमा ८ हजार ८ सय र मावि तहमा ११ हजार मासिक न्यूनतम सुविधा दिने सहमति भएको हो ।
सहमतिमा न्यूनतम सुविधालाई सरकारी सुविधा अनुरुप बृद्धि गर्दै लैजान जोड दिइएको छ । इस्टु सचिव खतिवडा दुई साता भित्र जिल्ला भरीका निजी विद्यालयमा कार्यरत शिक्षकहरुको सेवा सुविधामा सहमति अनुसार लागु गरे नगरेका बारे अनुगमन गरिने छ । ‘अनुगमनमा सहमति लागु नगर्ने विद्यालय उपर तालाबन्दी लगायतका आन्दोलन गछौ’– उनले जोड दिए । अनुगमन प्याब्सन अध्यक्षको संयोजकत्वमा इस्टु, अभिभावक संघका जिल्लास्तरमा एक संयन्त्र टोली गठन गरिएको बताइएको छ । जिल्ला भरी निजी विद्यालयका संख्या ३ सय तथा करिब ६ हजार बढी शिक्षकहरु कार्यरत रहेका छन् ।
कतिपय निजी विद्यालयले पछिल्लो सहमति भन्दा बढी सुविधा पाइरहेका बताइएको छ । २ सय विद्यार्थी संख्या रहेको दमक–१२ को सिद्धिङ्बा बोर्डिङ स्कूलका सञ्चालक सुजन राईले विद्यार्थी अनुपातमा अन्य विद्यालय भन्दा आफूले शिक्षकहरुलाई सुविधा दिएको बताए । पछिल्लो ति सहमतिमा विद्यालयमा ३ सय विद्यार्थी संख्या भएकालाई सहमतिका बुँदा सशक्त कार्यान्वयन गरिने उल्लेख छ । सहमतिमा वर्षे बिदा, दशै बोनस, शिक्षकहरुको अभिलेख, सेवा सुविधामा एकरुपता लगायतका छन् ।
निजी विद्यालयमा कार्यरत शिक्षकहरुको पारिश्रमिक एकरुपता नभएको तथा अत्यन्त न्यून ज्यालामा काम गर्नुपरेको गुनासो बढेपछि इस्टुले आन्दोलन कार्यक्रम अन्तर्गत अनुगमनमा जोड दिइएको इस्टु जिल्ला अध्यक्ष यादव अधिकारीले जानकारी दिए । उनले भने–‘निजी विद्यालयका शिक्षकहरुको सुविधा सरकारी सो सरह कार्यान्वयन गराउन आन्दोलित छैँ ।’ अधिकांश निजी विद्यालयले शिक्षकहरुको श्रम शोषण गरिआएका, कामप्रति सम्मान नपाएको, असुरक्षित काम गर्नुपरेका लगायतका गुनासा निजी विद्यालयका शिक्षकहरुको रहेको छ ।

0 प्रतिकृया:

Post a Comment