इतिहासको साक्षी समय – खुल्ला आकाश

धनकुटे कान्छा
अहिले हामी उपलब्धी नै उपलब्धीको बीचमा उभिएका छौँ । उपलब्धी हामीलाई देखेर छक्क परेको छ । छक्क यस मानेमा कि उपलब्धी नै उपलब्धी बीचम मुकदर्शक भएर लाटो हुँदै गएको छ ।
अहिले पार्टी छ । पार्टीको निर्देशनमा नेता छैन । नेता छ । नेताको निर्देशनमा जनता छैन । अध्यारो पछिको झलमल्ल उज्यालोमा एक्कासी दृष्टि कमजोर भए झैँ अहिले भएको विचती जस्तै पनि भएको छ । पार्टीसँग नेता नहुनु । अर्थात अहिले पार्टीको धारणा हैन नेताको व्यक्तिगत धारणा हुनु । पार्टीसँग पार्टी नहुनु अर्थात पार्टीसँग पार्टी हुनु पनि नहुनु पनि । हुनु र नहुनु जस्तै । छ पनि छैन पनि । जनता बिनाका नेता अर्थात अहिले चेतनाले भोगाइको अभ्यासले जनता ज्यादा सचेत र नेता स्वार्थको अभ्यासले अचेत बन्दै गएको अवस्था पनि हो कि ? देश अचेत हुँदा देशको चेत ल्याउन सर्जक, कवि, कलाकारले त्यो देशको आवाज बोल्छन् र मुर्छाबाट देशलाई ब्युँताउँछन् ।
जब देश बोल्न थाल्छ । नेता कुर्लने हुन्छन् । जब जनतासँग आवाज हुँदैन नेताहरूले धुकधुकी भर्नुपर्ने हुन्छ । तर यहाँ हरेक बखत जनतासँग बोली नभएको बेला नेता स्वयं अलमल्लमा देखिन्छन् । ताजुबको कुरा त नेता भन्दा जनता अहिले ज्यादा सचेत र नीति परक हुँदै गएका छन् । र नेतालाई जनताले सिकाउने समयको यो डिलमा पुर्पुरोमाथि हात लाउनेहरू सबै गलतै गलत देख्छन् र आफूमात्र एक्लो चोखो र सुन्दर देख्छन् । देख्न थालेका छन् ।
पहिले पहिले कर्तव्य गरे अधिकार आफै मिल्छ भनिन्थ्यो । अलिपछि अधिकार मागेर लिनुपर्छ भनियो । अहिले सरकारी कार्यालयका ठूला होर्डिङ्ग बोर्डमा अधिकार मागेर होइन खोसेर लिनुपर्छ भनि लेखिएको पाइन्छ । सरकार स्वयम्ले अधिकार खोसेर लिन सिकाउँदैछ । इमान्दार सोझा÷सिदा पनि बाध्य भएर खोस्ने र झोस्ने कुरा तिर आकर्षित हुन थालेका छन् । अब अधिकारको पछि मात्रै लाग्ने नेतालाई । जनताले कर्तव्य र अधिकारसँग सँगै लान सिकाउने दिन आउला जस्तो छ । अब जनताबाट नेताले सिक्नुपर्छ । अर्थात एउटा असल जनता भएर मात्र नेता भए देश सुध्रला । हैनभने देशले उपलब्धी नै उपलब्धीको बीचमा पनि कौडीको खेलौना भएर मुकदर्शक कतिञ्जेल बन्ने ? हैन र ?

0 प्रतिकृया:

Post a Comment