पेस्तोलसहित तीन पक्राउ

इटहरी, चैत ८/सुनसरीको रामगञ्ज बेलगछियामा प्रहरीको गस्ती टोलीले पेस्तोल सहित तीन जनालाई मंगलबार पक्राउ गरेको छ ।
चिमडी इप्रकाको टोलीले चेकजाँचका क्रममा मे.४.प.२१६१ नम्बर र अर्का एक अनटेष्ट मोटरसाईकलमा सवार मोरङ टाँडी–५ का नारायण पाख्रिन, पाँचथरका अरुण सुब्बा र भारत अरअरियाका बिजय ठाकुर हतियार सहित पक्राउ परेका छन् ।
यसैगरी सुनसरीका विभिन्न क्षेत्रमा चोरी डकैतका अपराधमा संलग्न फरार ५ जनालाई कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

0 प्रतिकृया:

Post a Comment