आगलागीका कारण ४५ घरमा क्षति

मोरङ, चैत ८/मोरङको डाइनियामा मंगलबार भएको आगलागीमा ४५ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । आगलागिबाट ४० लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दक्षिण मोरङको सीमावर्ती गाविस डाइनिया–२ स्थित सिक्टीका बुनेदर मियाँको घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । मियाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिदा ३० घर जलेका थिए । त्यस्तै अगलागी नियन्त्रणका अन्य १५ घर प्रहरी र स्थानीयले भत्काएका थिए ।
विराटनगरबाट गएको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली र गाउँलेको प्रयासमा मध्यान्नबाट सुरु भएको आगलागी करिब २ घण्टामा नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी मयागञ्ज वेस क्याम्प मोरङमा कार्यरत सशस्त्र प्रहरी जवान पशुपति चौधरी घाइते भएका छन् भने अन्य मानवीय क्षति नभएको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment