सुकुम्बासी लगत फारम भर्नेको भीड

दमक, चैत ८/सुकुम्बासी समस्या समाधान आयोग झापाले खुलाएको सुकुम्बासी फारम भर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोगले एक महिने म्याद राखेर गएको फागुन १० गतेबाट खुलाएको फारम म्याद सकिन केही दिन बाँकी रहँदा सुकुम्बासी समुदायले फारम भने कार्यमा  तीव्रता आएको छ ।
आयोगका अध्यक्ष कुबेर श्रेष्ठले वास्ताविक सुकुम्बासी पहिचान गर्न खुलाइएको फारम भर्ने कार्यमा उल्लेख्य सहभागिता रहेको जानकारी दिए । आयोगले जिल्लाको ३ नगरपालिका र ४७ ओटा गाविसहरुबाट करिब ३० हजार सुकुम्बासीहरुको लगत संकलन गरिने लक्ष्य लिएको छ ।
यसैबीच मंगलबार झापाको दमक
नगरपालिका कार्यालय परिसरमा समेत लगत फारम भर्ने सुकुम्बारीहरुको भीड लागेको थियो । नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले आगामी १० गतेसम्ममा दमक भरका ३ हजार सुकुम्बासी घरपरिवारको लगत विवरण संकलन हुने अनुमान गरिएको बताए । हाल विभिन्न वडाका लागि अलग–अलग टोली मार्फत फारम संकलन भइरहेको खतिवडाको भनाई छ ।

0 प्रतिकृया:

Post a Comment