विवादास्पद मन्त्रीलाई प्रधानमन्त्रीले हटाउनुपर्छ – खुल्ला आकाश

उमेश मैनाली
मन्त्रीहरुको बारेमा विवादास्पद कुरा पहिले पनि आउ“थ्यो । तर अहिले यो क्रम निकै बढ्न थालेको छ । यो किन भैरहेको छ भने उहा“हरु नेता कम, कर्मचारी बढी हुन थाल्नुभयो । अरु केही काम गर्न सकिएन भने कर्मचारी चलाउने बानी हुन्छ । अहिले उहा“हरुले गर्नुभएको यही हो । कर्मचारीमा आङ्खनो मान्छे आकर्Èक ठाउ“मा राख्ने काममा उहा“हरुको ध्यान गएको छ । अहिले शुद्ध प्रशासकीय काममा उहा“हरुको रुची बढ्न थालेको छ । त्यसकारण्ँ उहा“हरु विवादमा आउनुभएको छ ।
अर्को आचरण्ँको कुरा पनि यस्तै छ । आचरण्ँ भनेको कानुन होइन, यो आफैंले पालना गर्नुपर्ने कुरा हो । आचार संहिता भनेको आफूले मान्छु भनेर स्वीकार गर्ने हो । स्वास्थ्य राज्यमन्त्रीको मदिरा सेवनको जुन कुरा छ, उहा“का यस्ता घटना त पहिले पनि बाहिर आएको हो । यसरी आफैंलाई बदनाम गराउने मन्त्रीहरुको बारेमा प्रधानमन्त्रीले सोच्नुपर्छ ।
हुन त अहिलेको सरकारलाई गठबन्धनको बाध्यता छ । उहा“हरुले जेसुकै अपराध गरेपनि Ôम्य भएको छ । यदि राम्रो नेतृत्व हो भने यस्तो गठबन्धनको कुरामा मात्रै ध्यान दिएर गलत प्रवृत्तिलाई प्रोत्साहन र संरÔण्ँ गर्न हु“दैन । यस्ता व्यक्तिहरुलाई प्रधानमन्त्रीले कार्वाही गर्नुपर्छ ।
अब त मन्त्री हुनको लागि योग्यता र मापदण्ड तय गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । पाकिस्तानकै कुरा गर्ने हो भने त्यहा“ सांसद हुनको लागि पनि निश्चित योग्यता तोकिएको छ । हाम्रोमा यस्तो योग्यता तोकिएको छैन ।
दोस्रो कुरा हाम्रो यहा“ उहा“हरुलाई जे गरेपनि छुट छ । कही“ केहीमा बा“धिएको हुनुहुन्न उहा“हरु । नैतिकताको दृष्टिकोण्ँले आफैं छोड्नु बेग्लै कुरा हो । तर जतिसुकै उपद्रो गरेपनि उहा“हरुलाई छुट जस्तो भएको छ ।
हुन त प्रधानमन्त्रीले स्पष्टीकरण्ँ लिनुभएको छ । तर एउटा कुरा के बुझ्न पर्यो भने उहा“हरु कर्मचारी होइन, स्पष्टीकरण्ँ लिनको लागि । स्पष्टीकरण्ँ लिने र सजाय प्रस्ताव गर्ने कुरा राजनीतिमा हु“दैन । राजनीतिमा के हो भने उनीहरुले गल्ती गरेको हो भन्ने कुरा प्रधानमन्त्रीलाई लाग्यो भने हटाईदिने हो । होइन भने यिनीहरुले ठीकै गरेका, राम्रो गरेका भन्ने हो । कर्मचारीलाई जस्तो स्पष्टीकरण्ँ लिएर बस्ने होइन । निकालिदिने नै हो ।
यस्तो प्रवृत्तिलाई सुधार्नको लागि दलहरु गम्भीर हुन जरुरी छ । मुख्य दलहरु बसेर कर्मचारी तन्त्र भनेको राज्यको एउटा अंग हो । यसलाई यो यो Ôेत्रमा यसो गर्ने र यसो नगर्ने भनेर छुट्याउनुपर्छ । जस्तो कानुन कार्यान्वयनको Ôेत्रमा हस्तÔेप नगर्ने । कानुनमा जे लेखेको छ, त्यो त गर्न पाउनु पर्यो नि प्रशासकले । अनि केही कुरामा मन्त्रीहरुले मान्नुपर्ने । यस्ता केही कुरामा सहमति भयो भने हुन्छ । हैन भने हिजो करिमाले गरेकी थिइन, आज अर्कोले गर्यो, भोलि फेरि अर्कोले गर्ने हु“दै जाने हो भने यसले खराब प्रवृत्ति निम्त्याउ“छ । प्रशासनले पनि के बुझिदिनुपर्यो भने नेताहरुले गर्ने काम अर्थात राजनीतिक काममा रुची राखिदिनु भएन । खासगरी हाम्रा संघ संगठनहरु चाहि“ बढी राजनीतिक कार्यकर्ता जस्तो देखिने गरेको छ ।
मन्त्री र कर्मचारीले आ–आङ्खनो ठाउ“मा आआङ्खना जिम्मेवारी निभाउनुपर्छ । त्यसको लागि निश्चित मापदण्ड र निर्देशिकालाई सबैले पालना गर्नुपर्छ ।
(पूर्व सचिव मैनालीसितको कुराकानीमा आधारित)

0 प्रतिकृया:

Post a Comment