पहिलो दिन मैत्रीपूर्ण खेल

दमक, चैत ८/ दमकस्थित दमक बहुमुखी क्याम्पसमा मंगलबार शुरु भएको पूर्वाञ्चलस्तरीय अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन मैत्रीपूर्ण खेल भएको छ ।
आयोजक क्याम्पसको ‘ए’ र ‘बी’ समूह बीच मैत्रीपूर्ण खेल भएको हो । मैत्रीपूर्ण खेलमा समूह ‘बी’ ले ‘ए’ लाई ७ विकेटले हरायो । क्याम्पस प्रमुख सन्तकुमार भगतले बलिङ र सहायक क्याम्पस प्रमुख नेत्रबहादुर बुढाथोकीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार मनकामना कलेज बिर्तामोड र आयोजक ‘बी’ टिम बीच हुने भनिए पनि सो खेल आगामी बिहीबारलाई सारिएको आयोजकले जनाएको छ । आज पूर्वाञ्चल कलेज दमक र गोमेन्द्र कलेज बिर्तामोड बीच अपह्रान्ह १ बजेबाट हुने खेल संयोजक सुवास काफ्लेले जानकारी दिए । प्रतियोगितामा पूर्वाञ्चलका १५  कलेजका टिमको सहभागिता रहेको छ ।

0 प्रतिकृया:

Post a Comment