भेनसहित काठ पक्राउ

उर्लाबारी, चैत ८/मोरङको पथरीबाट सोमबार राति ८ बजे इलाका वन कार्यालय उर्लाबारी र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त गस्ती टोलीले गोप्य सूचनाको आधारमा १ सय ६ वटा तयारी चौकटसहित ६६.९६ किबी काठ पक्राउ गरेको छ ।

दमकबाट पथरीतर्फ गइरहेको सो काठसहित को १ च ४१२० नम्बरको  पिकअफ भेनलाई पक्राउ गरिएको इलाका वन कार्यालय उर्लाबारीका प्रमुख यज्ञबहादुर थापाले बताए । भेनका चालक इटहरी–५ का दीपक बस्नेतलाई पनि नियन्त्रणमा दिएको वन कार्यालयले जनाएको छ । सो काठ कसले कहाँबाट ल्याएको र कहाँ लैजान लागेको हो भन्ने खुल्न सकेको छैन् । गाडी, चालक र काठ वन कार्यालयको नियन्त्रणमा राखिएको र थप अनुसन्धान गरी कारवार्ही प्रक्रिया बढाइने बताइएको छ । पछिल्लो समयमा तस्करहरुले नयाँ नयाँ तरिका प्रयोग गरी  काठ तस्करी गर्ने गरेका छन् ।

0 प्रतिकृया:

Post a Comment