‘जनमतसंग्रहमा जाऔँ’

बिराटनगर, चैत ८/ एमालेका नेता केपी शर्मा ओलीले सङघीयता सम्बन्धी विवाद समाधान गर्न जनमतसंग्रहमा जानुपर्ने बताएका छन् ।
“ओलीले सङ्घीयता कायम गर्ने 
सम्बन्धमा व्यापक समर्थन र विरोध 
भएकाले जनमतसंग्रह नै उत्तम 
विकल्प रहेको तर्क दिए । ”

एमाले अञ्चल समन्वय कमिटी कोसीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले सङ्घीयता कायम गर्ने सम्बन्धमा व्यापक समर्थन र विरोध भएकाले जनमतसंग्रह नै उत्तम विकल्प रहेको तर्क दिए ।
आफू व्यक्तिगत रुपमा सङ्घीयताको विपक्षमा नरहेको उल्लेख गर्दै सङ्घीयताले राष्ट्रिय एकता र अखण्डतामा असर पर्छ र हिंसात्मक गतिविधि उत्पन्न हुन्छ भने त्यसको समाधान जनमतसंग्रह नै हुने बताए ।
नेता ओलीले शान्ति प्रकृया तथा संविधान निर्माण कार्य समयमा पूरा नगरे वर्तमान सरकार परिवर्तन हुने बताए । वर्तमान सरकारको नेतृत्व गरेर माओवादी पार्टी आन्तरिक द्वन्द्वले कमजोर भएको र सरकार चलाउन पनि सक्ने अवस्थामा नरहेको उनको भनाई थियो ।

0 प्रतिकृया:

Post a Comment