ब्राह्मण युवा समाज गठन

चितवन, चैत ८/चितवनमा भएको भेलाले मंगलबार ब्राह्मण युवा समाजको केन्द्रीय समिति गठन गरेको छ ।
निर्मल पहाडीको संयोजकत्वमा गठित केन्द्रिय समितिको सहसंयोजकमा दमकका दीपेन्द्र दाहाल चुनिएका छन् । यस्तै महासचिवमा टेकराज पौडेल तथा कोषाध्यक्षमा अजय पन्थी चयन भएका छन् । २२ सदस्यीय समितिको सदस्यमा झापाका राजकुमार भट्टराई, रुद्रमणी अर्याल लगायत रहेका छन् ।

0 प्रतिकृया:

Post a Comment