ठगी गर्ने प्रहरीको फन्दामा

उर्लाबारी, चैत ८/नेपाली सेनामा जागिर लगाइदिने प्रलोभन देखाउँदै ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा झापा, शिवगञ्ज–९ का ५२ वर्षीय उत्तम भन्ने छबिलाल ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
ढकालले २०६७ असोजमा मोरङ, राजघाट–८ छिन्ताङे टोलका सुमन लिम्बूसँग सो रकम लिएका बताइएको छ । लिम्बूले राजघाट–७ भोटेपुलकी ३० बर्षीया मैयाँ श्रेष्ठ मार्फत् ढकाललाई रकम दिएको बताए । ‘जागिर पक्का हुन्छ भनेपछि सयकडा दुई रुपैयाँमा ऋण काढेर पैसा दिएँ’ लिम्बूले भने ।  उनले २०६७ असोज २ र ३ गते ५० हजार रुपैयाँ दाहाललाई दिएको बताएका छन् । लिम्बुले भने । ‘सेनामा नाम निस्केको छ, जा गएर हेर’ भनेपछि आफू झापाको चारआलीस्थित सैनिक ब्यारेकमा सूचना हेर्न गएको तर नाम ननिस्केपछि त्यतिकै घर फर्किएको उनले बताए ।
सेनामा जागिर नपाएपछि ढकाल र श्रेष्ठसँग पटक–पटक पैसा फिर्ता माग गरेको तर नदिएपछि  सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उनीहरुविरुद्ध ठगी गरेको आरोपमा उजुरी दिएको लिम्बूले बताए । उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान गर्दा आरोपित  मध्ये ढकालले सेनामा जागिर लगाइदिने प्रलोभन देखाउँदै तेह्रथुम, खाम्लालुङका सुरेश लिम्बुबाट समेत ५०  हजार रुपैयाँ ठगी गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment