मोतियाविन्दुका ४६ विरामी

दमक । पाथिभरा नेत्रालय दमक र मेची अाँखा अस्पताल बिर्तामोडले आयोजना गरेको ७ दिने निशुल्क आँखा शिविरमा  ४६ जना मोतीया विन्दुको रोगी फेला परेका छन् । दमक १ स्थित नेत्रालयमा भएको शिविरमा  मोतीया विन्दुका रोगी मध्ये २४ जनाको आँखा अस्पतालमा लगेर शल्यक्रिया गरेको छ ।  नेत्रालयका सञ्चालक समिति संयोजक तथा लान्यस क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष अजय अग्रवालले जानकारी दिएका छन् । बांकी २२ जनाको  मोतीया बिन्दु रोगीहरुले एक साता भित्र शल्यक्रिया गर्ने अस्पतालले जनाएको छ ।
बुधवार सम्पन्न ७ दिने शिविरमा  जम्मा ६ सय ३ जना आँखाका रोगीले आँखा परीक्षण गराएका थिए । शिविरमा आँखा पाक्ने , मोतीयाविन्दु, जलबिन्दु , आँखामा मासु पलाउने, दुरदृष्टि, अदुरदृष्टि, आँखाको संक्रमण लगायतका लक्षण देखिएको अप्थल्मिक एसीस्टेन्ट बिष्णु महतराले बताए । झापा, मोरङ र इलाम लगायतका ठाउँबाट आँखाका रोगीहरु सेवा लिन आउने गरेको नेत्रालयले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment