मोरङका सिद्धान्त विश्वकप क्रिकेटमा

सिद्धान्त लोहनी
मोरङ । मोरङ विराटनगरका सिद्धान्त लोहनीले आइसीसी विश्वकप क्रिकेट छनौट खेलमा नेपाली टोलीबाट खेल्ने पक्का भएको छ ।
बुधबार पारस खड्काको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलीमा बिराटनगरका लोहनी पनि पर्न सफल भएका हुन् । सो टोलीमा लोहनी नयाँ अनुहारका रुपमा टिममा अटाएका छन् । लोहनीले राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेका थिए ।
अनिल मण्डल, जितेन्द्र मुखिया र प्रदिप ऐरी पनि टोेलीमा परेका छन् । टोलीका अन्य सदस्यहरुमा शरद भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र राजेश पुलामी मगर छन् । पृथु
बास्कोटा, मेहबुब आलम, भुवन कार्की र अभिनाश कर्ण भने बैकल्पिक खेलाडीमा परेका छन् । आउँदो जुलाई ३ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको क्रिकेट संघ    (क्यान) का कार्यबाहक अध्यक्ष दीपक कोइरालाले बुधबार विज्ञप्ति निकालेर जानकारी दिएका छन् । नेपाली टोली अहिले भारतको धर्मशालमा बन्द प्रशिक्षणमा रहेको छ ।

0 प्रतिकृया:

Post a Comment