सुतार कार्की प्रतिष्ठानमा भौतिक संरचना निर्माण

दमक । दमक १६ स्थित सुतार कार्की प्रतिष्ठानमा  बिभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको छ । यसअघि कार्यलय भवन निर्माण भइरहेको प्रतिष्ठानमा बुधबार शिब पाञ्चायन मन्दिरको शिलान्यास गरिएको छ । सुतार कार्की सेवा समितीका केन्द्रिय अध्यक्ष दिब्यध्वज कार्की, केन्द्रिय बरिष्ठ उपाध्यक्ष टेक बहादुर कार्की र पुर्बाञ्चल अध्यक्ष खेमकुमार कार्कीले संयुक्त रुपमा मन्दिरको शिलान्यास गरे । धार्मिक बिधी अनुसार तिनैजनाले पुजा गरि इटा राखेर मन्दिरको शिलान्यास गरेका थिए । स्थानीय सुतारकार्की बन्धुले निशुल्क दिएको डेढ बिगाहा जग्गामा प्रतिष्ठान निर्माण भइरहेको छ । गत बैशाख १८ देखि २४ गते लगाएको श्रीमद भागवत महापुराणबाट उठेको र प्रतिबद्धता गरिएको रकमबाट मन्दिर निर्माण गरिने छ । पुराणमा नगद ९ लाख र प्रतिबद्धता गरिएको सहित २७ लाख रकम संकलन हुने अनुमान छ । यसअघि प्रतिष्ठानमा ४ कोठे भवन समेत निर्माण भइसकेको छ ।  भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।  त्यसैगरि प्रतिष्ठान वरिपरि ताराबेरा गरि बृक्षारोपण समेत गरिएको छ । 
बुधबार भएको शिब पाञ्चायन मन्दिरको उद्घाटन कार्यक्रममा समितिका केन्द्रिय अध्यक्ष दिब्यध्वज कार्कीले देशभरका सुतार कार्कीहरुको कुल घर नै प्रतिष्ठानलाई बनाउने बताए । उनले दमकबाटै सुतार कार्कीहरुको एकैदिन देवाली गर्न अभियान शुरु गर्ने जानकारी दिदै त्यसका लागि प्रतिष्ठान उपर्युक्त स्थान भएको उल्लेख गरे । सुतार कार्कीहरुको बंशावली संकलन गर्ने काम जारी भइरहेको जानकारी दिदै उनले समितीको केन्द्रिय साधारण सभा पनि दमकमै गर्नसक्ने जनाए । कार्यक्रममा समितिका केन्द्रिय बरिष्ट उपाध्यक्ष टेक बहादुर कार्की, केन्द्रिय उपाध्यक्ष दिलेन्द्र कार्की, पुर्बाञ्चल अध्यक्ष खेम कुमार कार्की, महासचिब गोबिन्द कार्की, झापा अध्यक्ष पदमसिंह कार्की, मोरङ अध्यक्ष चन्द्र कार्की, सिन्धुली अध्यक्ष नरेन्द्र कार्की, सर्लाही अध्यक्ष मानध्वोज कार्की, शशस्त्र प्रहरी बल पाथीभरा गण मेचीका गणपति भरतबाबु कार्की, जग्गादाता फौदसिंह कार्की लगायत धनेन्द्र कार्की, मिना कार्कीले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment