लेटाङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पथरी । मोरङको लेटाङ भोगटेनी नगरपालिकामा बुधबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उर्लाबारीको मदन भण्डारी स्मृति प्रतिष्ठान अन्र्तगत सामान्य चिकित्सा तेश्रो वर्षमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा सो क्षेत्रका एक सय बढीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा रक्तचाप, मधुमेह र मृगौला रोगको परिक्षण गरिएको थियो । शिविर लेटाङ भोगटेनी प्राथमिक स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोग सम्पन्न भएको थियो । सोही बिद्यार्थीहरुको टोलीले आउँदो शनिबार उर्लाबारी बहुमुखी क्याम्पसमा दन्त शिविरको समेत आयोजना गर्ने कार्यक्रम संयोजक अग्नि भट्टराईले जनाए ।

0 प्रतिकृया:

Post a Comment