हम्सेदुम्से वनमा वृक्षारोपण

दमक । दमक नगरपालिकाले बुधबार भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा बृक्षारोपण गरेको छ । दमक ३को वेलडाँगी  स्थित हंसेदुम्से सामुदायिक बन उपभोक्ता समुहको हाता भित्र उनीहरुको सम्झनामा बृक्षारोपण गरेको हो ।
सशस्त्र प्रहरी वलका पूर्वाञ्चल प्रमुख डिआइजी निराकरम बिक्रम शाहले बिरुवा रोपेर बृक्षारोपणको उद्घाटन गरेका थिए ।  उपभोक्ता , बिद्यार्थी , संस्थाका प्रतिनिधि लगायतले बिरुवा रोपेका थिए ।  गत बैशाख १२ र २९ गते आएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको ४५ औ दिनको स्मृतिमा टिक , चप्रासी , खाकर र सिरीसका बिरुवा रोपेको हुन् ।  ६ हेक्टर क्षेत्रफलमा एक साता भित्र  ९ हजार बिरुवा रोपिने नगरपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरीका डिआइजी शाहले   बृक्षारोपण  गर्ने काम ठूलो  नभए पनि बिरुवाको संरक्षण गर्नु महत्वपूर्ण  काम भएको बताए ।
नगरपालिकाकाका कार्यकारी अधिकृत  युवराज दाहालले  दमकलाई हरित शहर बनाउन वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताए । नगरपालिका स्थानिय सरकार भएकोले रोपिएको बिरुवा हुर्काउने काममा  सरोकारवाला संस्था र उपभोक्ता सक्रियता हुनु पर्ने उनले उल्लेख गरे । नगरपालिकाका पूर्व मेयर रोमनाथ ओलीले बिरुवाको गोडमेल जस्ता काममा निरन्तरता दिनु पर्ने सुझाब दिए । कार्यक्रममा दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवी दाहाल र हिमशिखर टेलिभिजन दमकका अध्यक्ष ध्रुव न्यौपाने लगायतले बोलेका थिए । बृक्षारोपणका बिषयमा समुहका अध्यक्ष हिमालय प्रसाद दाहालले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment