मारवाडीले खोजे पहिचान

चन्द्रगढी, ६ जेठ/मारवाडी समुदायले नयाँ बन्ने संविधानमा आफूहरुको  पहिचान कायम हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय झापा मार्फत संविधानसभामा ज्ञापनपत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा मार्फत शुक्रबार संविधानसभा, प्रधानमन्त्री एवम् पाँच ठूला दलका प्रमुखहरुलाई पठाइएको ज्ञापन पत्रमा भाषा र जनसंख्याको आधारमा अल्पसंख्यक घोषणा गर्नुपर्ने, भेषभुषाका आधारमा पहिचान झल्किने अधिकार दिनुपर्ने र अन्य भाषा सरह मारवाडी भाषालाई पनि राष्ट्रिय भाषा बनाउनुपर्ने माग राखी ज्ञापनपत्र पठाइएको हो ।
सो ज्ञापनपत्र वेदप्रसाद अग्रवालको नेतृत्वमा बुझाइएको थियो । यसअघि झापाको बिर्तामोडमा जम्मा भएका मारवाडी समुदायका सयौं युवाले बिर्तामोड, चन्द्रगढी, भद्रपुर, धुलाबारी लगायत झापाका मुख्य शहरहरुमा मोटरसाईकल ¥याली र पुनः बिर्तामोडमा आएर कोणसभामा गरिएको थियो । सभालाई वेदप्रकाश अग्रवालले सम्बोधन गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment