मिरमिरेको कारोबार शुरू

दमक, ६ जेठ/ होटल तथा यातायात व्यवसायीहरुको अगुवाईमा दमकमा मिरमिरे वचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको छ ।
सहकारी संस्थाको शुक्रबार दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईले उद्घाटन गरेका हुन् । सो क्रममा उनले संघीय राज्यको राजधानी दमक बनाउने बहस चलिरहेका बेला नयाँ संस्थाहरुले पनि सो अभियानलाई सघाउन आग्रह गरे ।
संस्था उद्घाटन समारोहमा सहभागीहरु ।

सहकारी संस्थाका अध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक शेयरधनी कृष्ण धिमालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव चन्द्र खत्रीले गरेका थिए । संस्थामा उपाध्यक्ष तारा राई तथा कोषाध्यक्षमा अमृत निरौला रहेका छन् । यस्तै सदस्यहरुमा कल्पना तामाङ् घिमिरे, राजेश श्रेष्ठ र मनोहरी घिमिरे रहेका छन् । धेरै जसो संस्थापकहरु होटल तथा यातायात व्यवसायी रहे पनि सबै प्रकारका व्यवसायीहरुलाई वचत गर्न प्रेरित गर्ने उद्देश्यले संस्था स्थापना गरिएको संस्थापक शेयरधनी गंगा सिटौलाले बताए ।

0 प्रतिकृया:

Post a Comment