वार्षिक उत्सवमा छात्रृवृत्ति र सम्मान

तोपगाछी, ६ जेठ/झापाको तोपगाछी–९ स्थित नरेन्द्र जनता उच्च माविमा बिहीबार छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसर पारेर सो विद्यालयमा स्थानीयदाता टिकादेवी कार्कीले ४३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेकी छिन् । कक्षा १ देखि १० सम्मका गत शैक्षिक शत्र २०६८ को वार्षिक परीक्षामा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई जनही १ हजार ५ सय, १ हजार र ७ सय ५० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै, दाता कार्कीले विद्यालयमा अध्ययनरत ६ जना गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई जनही २ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरेकी छिन् ।
स्रोत व्यक्ति सूर्य सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकै अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रोहित पौडेल सहित १० जना सदस्यहरुलाई सम्मान गरिएको थियो भने विद्यालयका तर्पmबाट वर्ष २०६८ का विशिष्ट शिक्षक पुरस्कार गोविन्द सेढाईँलाई प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीष्मराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचार्य शिव रेग्मी लगायतको सहभागिता रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment