च्याम्पियनसीपको उपाधि हमाललाई

कञ्चनपुर/मध्यमाञ्चल विकास क्षेत्र निवासी फिडेमास्टर मनिष हमालले छैटौं राष्ट्रिय खेलकुद अन्र्तगत सञ्चालित १७ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उपाधि चुमेका छन् ।
शुक्रबार सम्पन्न फाइनल चरणको खेलमा एपीएफका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई बराबरीमा रोक्न सफल भएपछि मनिषले मध्यमाञ्चल विकास क्षेत्रका लागि थप १ स्वर्ण पदक पक्का गरेका हुन् । केशव दोश्रो स्थानमा रहँदै रजत पदक हात पार्न सफल भए । फाइनल चरणको खेलमा मध्यमाञ्चलकै धरमबहादुर लामालाई पराजित गरेका प्रचण्डमान मालाकारले तेश्रो स्थानमा रहँदै काँस्य पदक प्राप्त गरे । मनिष, केशव र प्रचण्डको समान ६ अंक भएता पनि एसबी प्वाईन्टका आधारमा मनिष पहिलो भएका हुन् ।
मध्यमाञ्चल विकास क्षेत्रका १९ वर्ष मुनिका नेपाल च्याम्पियन रुपेश जयसवाल चौथो स्थानमा रहे । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दीर्घराज जोशी पाचौं स्थानमा रहे । त्यस्तै फिडेमास्टर विलमलाल श्रेष्ठ, धरमबहादुर लामा, पूर्वाञ्चलका निरज निरौला, पिएलएका विजय जे श्रेष्ठ तथा मध्यमाञ्चलका रविन्द्र शाक्य क्रमशः छैटौंदेखि दशौं स्थानमा रहन सफल भए ।

0 प्रतिकृया:

Post a Comment