भन्सार राजस्वमा एक करोड घाटा

जनकपुर/जलेश्वर भन्सार कार्यालय मटिहानीलाई एक करोड घाटा भएपछि राजस्व लक्ष्य प्रभावित भएको छ । आन्दोलनको क्रममा २६ दिन जलेश्वर बन्द भएपछि सो घाटा भएको भन्सार प्रमुख पार्वतीरमण दाहालले बताए ।
भन्सार कार्यालयको वार्षिक लक्ष्य १६ करोड रुपैयाँ रहेको छ । भन्सार अधिकृत दाहालले भने–‘२६ दिन जलेश्वरमा आन्दोलन भएपछि भन्सार कार्यालय ठप्प भएकोले यस्तो स्थिति आएको हो ।’ यस वर्ष लक्ष्य प्राप्ति गर्न मुस्किल पर्नेछ भन्सार स्रोतले बतायो ।
भारतबाट यो नाका भएर औद्योगिक कच्चापदार्थ पेट्रोलियम पदार्थ आउने गरिन्छ तर जलेश्वर बन्दको क्रममा व्यापारीहरु अर्का नाकातर्फ आकर्षित भएकोले यो नाका प्रभावित भएको कुरा भन्सार कार्यालयले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment