दमकको नौलो परिचय ? – लाईन क्रस

प्रकाश आङ्देम्बे
स्वामी आनन्द अरुणद्वारा शब्द, विषय संकलित कृति सन्त दर्शनमा एउटा कथा पढन पाइन्छ । त्यो कथामा उल्लेख छ कि, ः हज्जारौँ वर्ष पहिले बिहारको नालान्द विश्वविधालय संसारमा प्रशिद्ध थियो रे । हालको एसिया आसपासका स्थानहरुमा चर्चा नपाउने कुरा भएन । बुद्दत्व सम्बन्धी ज्ञान लिनका लागि तिब्बतवाट एक धार्मिक गुरु पनि नालान्द विश्वविधालयमा आएका थिए रे । ज्ञान हासिल गरेपछि धेरै वर्ष त्यही विश्वविधालयमा अध्य्यन र अध्यापन गराएछन् ती धार्मिक गुरुले । अन्तत यहाँका ज्ञान आफ्नो जन्मभूमि तिब्बतमा लगेर बाँड्ने सोंच बनाएछन् । उनको सुन्दर कुरा सुनेर तिब्बतवाट पढ्न आएका अन्य नब भिक्षुहरुले पनि उनलाई साथ दिने भएछन् । योजना अनुशार उनीहरुले अत्यन्तै ज्ञानवर्दक पुस्तकहरु भेला पारेछन् र तिब्बत फर्किने भएछन् । त्यसपछि ती गुरु लगायत अन्य तीनजना भिक्षुहरु काठको ठूलो जहाँज तयार पारेर समुन्द्रको वाटो भएर आफ्नो गाउँ फर्केछन् । समुन्द्रको वाटो पन्ध्र दिन लाग्ने रहेछ । भिक्षुहरु आफ्नो गाउँ, ठाउँमा ज्ञान बाँडन पाइने कुराले हर्षित थिएछन् । भोलि विहान जहाज गाउँ पुग्ने थियो तर साँझ ठूलो आँधीहुरी आएछ सागरमा । पानीको छालले जहाजमा समस्या भएछ । माझीले मुल भिक्षुलाई भनेछ “यी गह्रौँ पुस्तकहरु फाल्नु पर्याे नत्र जहाज डुब्न सक्छ ।” मुल भिक्षुले पनि सवैको ज्यानको सवाल ठानेर बहुमुल्य ठूला पुस्तकहरु फाल्ने निर्णण गरेछन् । यो देखेर अन्य भिक्षुहरुले मुल भिक्षुलाई विनम्रसँग अनुरोध गरेर भनेछन् “गुरु यी पुस्तकहरु एकदमै वहुमुल्य छन् । ज्ञानका भण्डार छन् । हामीले यहाँसम्म ल्याइसक्यौँ । भोलि विहान त यो गाउँमा पुगिहाल्छ । यदी यो पुस्तक गाउँमा पुग्यो भने सारा गाउँमा हामी भन्दा ठूला हज्जारौ ज्ञानीहरु जन्मनेछन् तसर्थ तँपाइले यो पुस्तक फाल्नु हुँदैन ।” यत्ति भनेर मुलभिक्षुसँग हिडेका अन्य तीन भिक्षुले आँधी उर्लिएको समुन्द्रमा हाम फालेछन् ।
    प्रस्तुत प्रसँग ज्ञान कति महान हुन्छ ? पुस्तक कति महत्वपूर्ण हुन्छ ? भन्ने प्रसँगको लागि हो । ती भिक्षुहरुले आफ्नो गाउँमा ज्ञान बाँड्नका लागि आफ्नो प्राणको आहुती दिए । दमकमा पढ्ने घर निर्माणका लागि अहिले युवा साथीहरु जुटेका छन् । लागि परिहेका छन् । यही २८ र २९ गते दमक रेडक्रस सोसाइटी हलमा नाटक मञ्चन गर्दैछन् । यसको सहयोगार्थ मैले पनि आफुले सकेजति सहयोग गरिरहकोछु । गरिरहनेछु । त्यही यात्रामा विश्वमा चलेको नविन शैलीको नाटक बेरँग रँगहरु मञ्चन हुँदैछ । तँपाइलाई आफ्नो गाउँ, आफ्नो ठाउँ, कला, साहित्य, सृजना र समाजप्रतिको प्रेम छ भने यो यात्रामा समाहित हुनुहोस भन्ने अनुरोध गर्दछु । कला, साहित्य हरेक स्थानको प्राण हो । भौतिक रुपमा बाटो, महल ठूलो बनिएर मात्र हुँदैन । बिचार र सोंचाइ पनि महान बनिन अनिवार्य छ । तँपाइ हामीले सृजनात्मक यात्रामा थप चासो देखायौँ र लागि पर्यौ भने दमकलाई वेश्यावृत्ति र भट्टीको परिचयबाट सुन्दर र सृजनशिल शहरको रुपमा चिनाउन सक्नेछौँ ।

0 प्रतिकृया:

Post a Comment