रवि स्मृति फुटबल शुरु – खेल समाचार

दमक/अखिल क्रान्तिकारी इकाईको आयोजनामा शुक्रबारबाट दमक बहुमुखी क्याम्पसको खेल मैदानमा रवि स्मृति फुटबल प्रतियोगिता शुरु भएको छ ।
पत्रकार र अखिल क्रान्तिकारी बीचको मैत्रीपूर्ण खेल

खेलको उद्घाटन कार्यक्रममा भएको पत्रकार र अखिल क्रान्तिकारी बीचको मैत्री पूर्ण खेलमा क्रान्तिकारीले २ का बिरुद्ध ३ गोल लगाएको थियो । यस्तै दोश्रो खेलमा दमक बहुमुखी क्याम्पस बि टीमले लाईफलाईन स्वास्थ्य विज्ञान प्रतिष्ठानको टीमलाई शुन्यका बिरुद्ध २ गोलले जित्यो । सो खेलमा बिजयी टीमका प्रविन लिम्बू म्यान अफदी म्याच घोषित भए ।
आज ग्लोबल उच्चमावि दमक र काँकडभिट्टा बहुमुखी क्याम्पस तथा विरेन्द्र नुमुना क्याम्पस चन्द्रगढी र उर्लाबारी बहुमुखी क्याम्पस बीच खेल हुने संगठनका क्षेत्रीय ईन्चार्ज याम गिरीले जानकारी दिए । खेलको उद्घाटन संगठनका महासचिव  विन्दमान बिष्टले गोल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा संगठनका केन्द्रीय सचिव आइन्द्र बिक्रम बेघा, एकीकृत नेकपा माओवादीका जिल्ला सहइञ्चार्ज सीपी कँडरिया लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment