हतियार प्रहारबाट दुई घाइते

त्यसैगरी धारीलो हतियार प्रहारबाट दमक र चुलाचुलीमा २ जना घाईते भएका छन् ।
दमक १ मा मंंगलबार साँझ एक व्यक्ति खुकुरी प्रहारबाट गम्भिर घाईते भएका हुन् । सोहि ठाउँका ४५ वर्षीय बीरबहादुर तामाङ्ले स्थानीय २३ वर्षीय कमल घिमिरे माथि खुकुरी प्रहार गरेका हुन् । अनुहारमा गम्भिर चोट लागेका उनको दमकमा उपचार हुन नसकी धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । खुकरी प्रहार गर्ने तामाङ्लाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
यसैगरी चुलाचुली-६ का तिलक मगर समेत छुरा प्रहारबाट घाईते भएका छन् । उनलाई सोहि ठाँउका ४० वर्षीय सुरेश मगरले छुरा प्रहार गरेको प्रहरी चौकी चुलाचुलीले जनाएको छ । सोमबार छुरा प्रहार गर्ने सुरेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 प्रतिकृया:

Post a Comment