वनको अवलोकन भ्रमण

वेलडाँगी÷ दमकस्थित हंसेदुम्से सामुदायिक वन उपभोक्ताहरुको एक टोलीले देशका विभिन्न भागमा रहेका वन सम्पदा र विशेष क्षेत्रहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
पाँच दिन अघि निस्किएको टोलीले बाँकेको कोहलपुर घोडाघोडास्थित तालतलैया सामुदायिक वन सीमसार क्षेत्र शुक्लाफाट वन्यजन्तु आरक्षण काचनपुर टनकपुर बाँध महाकाली नदीमा निर्मित दक्षिण एशियाकै दोस्रो लामो पुल रुपन्देहीका विभिन्न बाल उद्धान तथा पर्यटकीय क्षेत्रहरु हेटौडाको शहिद स्मारक चितवनको देवघाट धार्मिक वन लगायतको अध्ययन अवलोकन भ्रमण गरेको हो ।
भ्रमण टोलीका व्यवस्थापन संयोजक वद्री विक्रम बस्नेतका अनुसार टोलीमा २० महिला सदस्य सहित ८५ जना वन उपभोक्ताका प्रतिनिधिहरु सहभागी थिए । टोलीमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्रिसंह निरौला जिल्ला वन कार्यालय झापाका कुलप्रसाद निरौला लगायत सहभागी थिए ।
हंसेदुम्से सामुदायिक वन उपभोक्ता समितिका संस्थापक उपाध्यक्ष गणेश चाम्लीङ राईले भ्रमणका लागि संस्थाको आ।व।२०६८÷०६९ को कुल ७२ लाख वजेट मध्ये डेढ लाख रुपैयाँ खर्च भएको र अपुग रकम सहभागीहरुले नै व्यहोरेका जनाएका छन् । सो टोली मंगलबार साँझ फर्किएको हो ।

0 प्रतिकृया:

Post a Comment