मकर मेला तयारी बन्द हड्ताल नगर्न आग्रह

सुरुङ्गा÷ झापाको कन्काईधाममा वर्षेनी माघे सक्रान्तिका अवसरमा लाग्ने मकर मेलाको तयारी शुरु भएको छ । मेलाको अवधिमा कुनै पनि बन्द हड्ताल नगर्न समेत स्थानीय अगुवाहरुले आग्रह गरेका छन् ।
सांस्कृतीक महत्वको मकर मेलामा बिभिन्न देशका समेत भक्तजनहरु आउने भएकाले यसलाई समस्यामा नपार्न उनीहरुको आग्रह छ । सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष टीकाकुमार पोखरेलले नेपालका बिभिन्न जिल्ला तथा भारत र भुटानका समेत भक्तजना आउने मकर मेलालाई सहज रुपमा मनाउने अवसर प्रदान गरिनु पर्ने बताए । यस्तै झापा उद्योग वाणिज्य संघ सुरुङ्गाका अध्यक्ष युवाराज संग्रौलाले मकर मेलाले सांस्कृती महत्व राखे पनि यसमा लाँखौको व्यवसायीक गतिविधी हुने गरेको बताए ।
कन्काई पुलको वारी र पारि लाग्ने मेलाका लागि ३ लाख रुपैयाँमा ठेक्का समेत लागि सकेको छ । पूर्व पट्टि लाग्ने मेलाका लागि सुरुङ्गा गाविसले १ लाख ५१ हजार रुपैयाँमा ठेक्का लगाएको छ । गाविस सचिव तुलसीप्रसाद भण्डारीका अनुसार एकमुष्ट भुक्तानीमा सो ठेक्का लगाईएको हो । कन्काई पुल पश्चिम पट्टिको मेलाका लागि समेत सतासीधाम गाविसले समेत डेढ लाख रुपैयाँमा ठेक्का लगाएको छ । गाविस सचिव छत्रबाबु ओझाले मेला साचालनका लागि अग्रीम भुक्तानीमा ठेक्का लगाईएको जानकारी दिए ।
पुष-२८ गते देखि कन्काईमाईमा ५ दिने मकर मेला लाग्दै आएको छ । मेलामा पूर्वी नेपालका ताप्लेजुङ् पाँचथर ईलाम झापा मोरङ् सुनसरी धनकुटा लगायत भारत र भुटानका गरि करिव ३ लाख भक्तजन आउने अपेक्षा गरिएको छ । यसै बिच मेलालाई व्यवस्थित बनाउने बिषयमा मंगलबार सर्वपक्षिय भेला सुरुङ्गामा सम्पन्न भएको छ । सुरुङ्गा प्रहरी चौकीमा भएको छलफलमा ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक छविरमण भट्टराईले मेला अवधि भरि सुरक्षा व्यवस्था बलियो पार्न समाजका सवै क्षेत्रको सहयोगको खाँचो रहकेा बताए । छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका नायब निरीक्षक राकेश पोद्धार चौकी ईन्चार्ज बबिन्द्र नेम्वाङ् सुरुङ्गा जेसिजका अध्यक्ष एलपी उप्रेती वाणिज्य संघको पूर्व अध्यक्ष रुद्रप्रसाद चिमरीया बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष बालकृष्ण मैनाली एनेकपा माओवादीका पुण्य ओझा नेपाली कांग्रसेसका नेत्रप्रसाद चिमरीया नेकपा एमालेका गोविन्द पौडेल मधेषी जनाधिकार फोरमका राजदेव शाहा लगायतले धारणा राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment