नेपाली बस्तीमा एसएसबीको ज्यादती

इनरुवा÷ भारतीय सिमा सुरÔा वल एसएसबी का जवानहरुले नेपाली गाउँमा प्रवेश गरी गाउँलेहरुलाई कुटपीट गरेका छन् । एसएसवीले घर घरबाट गाउँलेलाई निकालेर कुट्दा ९ जना घाइते भएका छन् ।
सोमबार मध्यराति भारतीय सीमासंग जोडिएको सुनसरीको घुस्कीका बासिन्दालाई हतियारधारी एसएसबीले कुटपिट गरेको हो । करिव २० जनाको समूहमा आएका एसएसबीले महिला पुरुÈ केही नहेरी कुटपिट गरे । घाइते मध्ये तीन महिला समेत छन् । घाइतेहरुको हात खुट्टा मुख र छातिमा गम्भीर चोट लागेको छ ।
राति १२ वजे अचानक एसएबीहरु घर-घरमा प्रवेश गरी कुटपटि गर्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग चलेको थियो । एसएसबीको कुटाइवाट घुस्की ५ का २७ वर्षीय समिम मियाँ निजकी श्रीमती २२ वर्षीय रविना खातुन छोरी ३ वर्षीया प्रविना खातुन सोही ठाउँका २२ वर्षीय अजमुल मियाँ ६६ वर्षीय कलमुद्धिन मियाँ वडा नं। ६ का ३५ वर्षीय हसिना खातुन ६० वर्षीय ऐजुब मियाँ २८ वर्षी नसमुदिन मियाँ र २२ वर्षीय जिवराईल मिया घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सोमबार मध्य राती १२ बजे भारतीय सीमास्थित घुर्ना बजारमा भारतीय नागरिकहरु बीच झगडा भएपछि केही भारतीयहरु नेपाल तर्फ आई बसेको आशंकामा एसएसबीले नेपाली बस्तीका घर-घरमा छापा मार्दा सो घट्ना भएको प्रहरीले जनाएको छ । भारतीय सीमा सुरक्षा बलका इन्स्पेक्टर बकेन्द्र िसंहलाई उद्धृत गर्दै नेपाल प्रहरीले जनाए अनुसार सो ईलाकाबाट अवैध रुपमा आलु दाल चामल चिनी लगायतका बस्तुहरु नेपाल भित्राउने गतिविधि राक लगाउने क्रममा सो घट्ना भएको हो ।
घट्नाका घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जनाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र घट्नाबारे विस्तृत जानकारी लिन प्रहरीचौकी घुस्कीहाटबाट नेपाल प्रहरीको टोली घट्ना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसअघि समेत सो क्षेत्रमा विभिन्न वहानामा भारतीय सुरक्षाकमीहरु नेपालप्रवेश गरि कुटपिट गर्नुका साथै आतंकीत बनाउँदै आएका थिए ।
दैनिक उपभोग्य सामाग्री तथा मल विउ आदि सो बाटो हुँदै नेपाल तर्फ ल्याउने व्यापारी तथा सर्वसाधारणहरुले एसएसबीलाई नजराना नबुझाउँदा उनीहरुले कुटपिट गर्ने गरेका स्थानीयबासीको भनाई छ ।

0 प्रतिकृया:

Post a Comment