बस पल्टिँदा ६ घाइते

केर्खा÷ पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछीमा मंगलबार साँझ यात्रुबाहक बस पल्टिएको छ । दुर्घटनामा ६ जना घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे।१ ख १३६२ नम्बरको बस अनियन्त्रित भएर सडक बिचमा पल्टिएको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा झापाको धुलावारीकी २४ वर्षिय सर्मिला कार्की तथा उनकी १४ महिनाकी छोरी सदिक्षा र झापा गरामनी-३ की ३० वर्षिया बिमला सुवेदी खजुरगाछी-८ की हिरादेवी सुवेदी बाहुनडाँगी-५ की हिरादेवी भट्टराई तथा क्षितिज भट्टराई रहेका ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उनीहरुको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको र उनीहरु मध्ये यो समाचार तयार पार्दा सम्म ३ जना घर फर्किएका जनाएको छ ।
यस्तै मंगलबार साँझ दमक-१२ को पशुहाट डाँडामा भएको सवारी दुर्घटनामा एक बालिका घाईते भएकी छिन् । पश्चिम जाँदै गरेको मे १ प ९२२७ नम्बरको मोटरसाईकलले लखनपुर-१ की १४ वर्षिया श्रीजना राई लाई ठोक्काएको हो । उनको स्थानीय अस्पतालमा उपचार हुन नसके पछि बिराटनगर स्थित न्युरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment