जातीय राज्य अस्वीकार्य

दमक÷ युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश वस्नेतले जातिय राज्य कुनैपनि हालतमा आफूहरुलाई स्विकार्य नहुने वताएका छन् ।
मंगलबार संगठनको पाँचौ जिल्ला सम्मेलनलाई पाँचथरको फिदिममा सम्वोधन गर्दै उनले त्यस्तो बताएका हुन् । अध्यक्ष वस्नेतले नेकपा एमाले र युवा संघ नेपाल शान्ति र संविधानका निमित्त सदैव कि्रयाशिल रहेको उल्लेख गरे । सम्मेलन शुरु हुनुअघि युवा संघको र् यालीले फिदिम बजार परिक्रमा गरेको थियो ।
यसैबीच आगामी पौष २९ देखि झापाको विर्तामोडमा हुने युवा संघको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तिब्र बनाइएको छ । संगठनका जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं। ७ का अध्यक्ष शम्भु भण्डारीले तयारी स्वरुप पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा देखि उर्लाबारीसम्म ठाउँ-ठाउँमा स्वागतद्वार निर्माण गरिएको जानकारी दिए । प्रचार अभियान अन्तर्गत आज मोटरसाइकल र् याली समेत निकालिने जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment