कांग्रेसको कार्यालय उद्घाटन

दुधे÷ नेपाली कांग्रेस सतासीधाम-७ को वडा समितिको कार्यालय उद्घाटन गरिएको छ ।
मंगलबार दुधेमा पार्टी केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं। ५ का सभाषद् केशवकुमार बुढाथोकीले सो कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा नेता बुढाथोकीले स्थानीय विकास निर्माणका योजनाहरु सम्पन्न गर्न केन्द्र तथा जिल्लास्तरबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सभाषद् उषा गुरुङले माओवादीकै कारण शान्ति र संविधान निर्माणको प्रकि्रया अवरुद्ध भएको आरोप लगाईन् । उनले जेठ १४ भित्रमा संविधान सभाबाट नयाँ संविधान जारी हुन नसके नेपाली कांग्रेसले लोकतान्त्रिक संविधानको नमुना लिएर कार्यकर्ता तथा जनतामाझ आउने बताईन् ।
कार्यक्रममा सभाषद् अमृतलाल राजवंशी नेपाली कांग्रेस झापाका उप सभापति देउमान थेवे महासमिति सदस्य सूर्यनारायण ताजपुरिया आदिवासी जनजाति जिल्ला समन्वय समिति झापाका पूर्व उपाध्यक्ष रतन थिङलावो पार्टीका क्षेत्रीय सभापति जयनारायण शाह गाउँ सभापति पर्शुराम ढुङ्गाना चन्द्रमणी नेपाल लक्की गणेश टंक विक शिवकुमार योङ्या मनमाया आङ्देम्बे लगायतले बोलेका थिए ।
पार्टीका वडा समिति सभापति प्रेमप्रसाद दुलालको सभापतित्वमा भएको सो कार्यक्रममा उपसभापति सन्तोष लाओतीले स्वागत मन्तव्य राखेका थिए भने साचालन वेदनिधि अधिकारी र दिलकुमार लिम्बुले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment