भोलि पश्चाताप नहोस्

बारम्बारको जङ्गली हात्ती आतङ्कले झापाली जनजीवन आक्रान्त बन्दै आएको छ । एक हप्ताको दौरानमा झापा जिल्लाको पृथ्वीनगर र मोरङको पथरीमा गरी चार जनाको हात्ती आक्रमणकै कारण मृत्यु भइसकेको छ । वर्षेनी चुरे वनक्षेत्र दक्षिणका जङ्गलहरुमा भारतीय हात्तीका बथान भित्रने र आसपासका गाउँघर र जनतालाई हात्तीले दुःख दिँदै आएको घटना झापा जिल्लाका लागि नौलो र अनौठो पक्कै छैन । झापाका हकमा ३० वर्षको अवधिमा हात्ती आक्रमणकै कारण ४० बढी मारिएका छन् । उसो त हात्ती आक्रमण नियन्त्रणकै लागि केही दशक अघि देखि झापामा विभिन्न कार्यक्रमहरु भएका छन् । हात्ती धपाउन टुन निर्माण सुरुङबार निर्माण देखि इलेक्ट्रिक फे_िन्सङ जस्ता कार्य गर्दा एक करोड बढी खर्च भइसकेको छ । जिल्लाका बहुनडाँगी बुधबारे शान्तिनगर खुदुनाबारी अर्जुनधारा घैलाडुब्बा पृथ्वीनगर दुवागढी लगायतका गाविसहरुमा हात्ती आतङ्क बढी मच्चिने गरेको छ भने सतासीधाम लखनपुर र दमक नगरपालिकाको उत्तरी क्षेत्रमा हात्ती आक्रमण वर्षेनी बढ्दो छ। तथापि हात्ती नियन्त्रणका यी उपायहरु दिनानुदिन निस्प्रभावी बन्दै जाँदा यो जिल्लावासीका लागि चुनौती र समस्या दुवै बन्दै गएको छ ।
अहिले झापा जिल्लाका बाहुनडाँगी देखि दमक नगरपालिका सम्मका मुख्य गरी पूर्व-पश्चिम राजमार्ग उत्तरका क्षेत्र हात्ती आक्रमण र बितण्डाका कारण खतरा बन्दै गएको छ । पछिल्लो ६ महिना यता भएका हात्ती आक्रमणका घटनाले झापामा मात्रै ८ बढीको ज्यान गएको छ । भुटानी शरणार्थी शिविर बेलडाँगीमा विगतका वर्षहरुमा हात्ती आक्रमण कै कारण दुई जना शरणार्थी समेतले ज्यान गुमाई सकेका छन् । भर्खरै झापाको लखनपुर-१ स्थित रतुवा माई वृक्षारोपण आयोजनाको वन क्षेत्र नजिक एकै परिवारका तीन जना माथि हात्तीले आक्रमण गर् यो । हाल उनीहरु उपचार पछि घर फर्किएका छन् ।
हात्तीको बिगबिगी र वितण्डा दिनानुदिन बढ्दै गएको छ । तर हात्ती नियन्णका लागि विश्वमै प्रभावकारी मानिएको ँइलेक्ट्रिक फे_िन्सङ’ कार्यले पनि झापा जिल्लामा काम गर्न नसक्दा जोखिम र हात्तीको त्रास अझ बढेको छ । केही दिन अघि झापाको बिर्तामोडमा दिनदहाडै राजमार्गमा हात्ती हिँडेको दृष्य आश्चार्य अनि रमिता दुवै बनेको थियो। तर पनि अहिले सुरक्षा निकायसँग हात्ती नियन्त्रणका लागि प्रभावकारी कुनै उपाय नबचेको यथार्थ आलोच्य र वास्तविकता बनेको छ । हात्तीले घर भत्काउँदै हिड्ने बालिनाली नष्ट गर्ने मान्छॆ मार्ने लगायतका वितण्डा मच्चाइरहेको घटनाको तथ्याङ्क बटुल्ने हात्ती गाउँ पसेको खबर थाहा पाए पछि घटना स्थलमा पुगेको हाटहुटे काइदाले हात्ती धपाउने भन्दा बढी कार्य गर्नु प्रशासनको पनि खैर चल्दैन । किनकि हात्ती मार्ने कार्यलाई जायज भन्न मिल्दैन एकतिर भने अर्कातिर जङ्गली हात्तीलाई सदाइएका हात्तीहरुलाई जस्तो हात्तीसारमा बाँधेर नियन्त्रणमा पनि राख्न सकिन्न । अर्को कुरो दिनदिनै वनक्षेत्र उजाडिने र क्रमशः बस्ती विकास हुँदै जानाले हात्तीका चरन घुमफिर क्षेत्र र प्रजनन क्षेत्रहरु पनि सीमित हुँदै जाँदा हात्तीका बथान मानिसका गाउँबस्ती छिर्न थालेका छन् ।
क्रमशः बढ्दै गएको हात्ती वितण्डा झापा जिल्लाका लागि प्रमुख समस्याका रुपमा विकसित हुने खतरालाई कम आँक्नु मिल्दैन । तसर्थ राज्यका तहबाट अहिले नै यो समस्या उपर गम्भीर समाधानका उपाय अवलम्बन गर्न जरुरी छ । अन्यथा भोलि पश्चाताप गर्नु बाहेक अरु केही बाँकी नरहन सक्छ ।

0 प्रतिकृया:

Post a Comment